यमपन्चक अनुसार आज गोवद्र्धन पूजा गरि मनाइदै

<span class='c1'>यमपन्चक अनुसार आज गोवद्र्धन</span> <span class='c2'>पूजा गरि मनाइदै</span>

काठमाडौँ । हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चक अनुसार आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ ।

आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ ।

द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ ।

यस्तै आजै महादेवको बहानका रुपमा रहेको गोरुको पूजा गरि रोटि, बाबर, पिठो आदि खानेकुरा खुवाउने गर्दछन् । आज साँझ पुरुषहरु समुहमा जम्मा भएर देउँसी खेल्ने पराम्परा समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्