विराटनगरमा ‘न्हुँ दँया भिंतुना’को अवसरमा विविध कार्यक्रम ( फोटो फिचर सहित )

<span class='c1'>विराटनगरमा ‘न्हुँ दँया भिंतुना’को अवसरमा विविध</span> <span class='c2'>कार्यक्रम ( फोटो फिचर सहित )</span>

विराटनगर, १२ कार्तिक । नेपाल सम्वत ११४० (न्हुँ दँया भिंतुना) को अवसर पारेर झिःपुच विराटनगरमा विविध कार्यक्रम आयोजना गरिएको छ । विराटनगर–१० बंगलामुखी मार्गस्थित झि पुचः भवनमा सोमबार एक भव्य समारोहको बिच विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरेको हो ।


झि पुचः ले जेष्ठ नागरिक (थकालि) बाट विराटनगरका ८२ वर्षिय नारयण बहादुर श्रेष्ठ र (नाकी) सम्मानबाट विराटनगरकै ८६ वर्षिय सावित्री देवी तुलाधरलाई सम्मान गरिएको हो । यस्तै पत्रकारीताको क्षेत्रबाट अनिल श्रेष्ठ, साहित्यकारको क्षेत्रबाट सरिता तुलाधर र मिस नेवा कोशीका बिजेता रस्मिता उदासलाई सम्मान गरिएको थियो ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर

कार्यक्रममको प्रमुख अतिथि युद्धप्रसाद वैद्यले सम्मानित भएकाहरूलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही अवसरमा संस्कृतिविद युद्धप्रसाद वैद्य पनि सम्मानित भए ।
कार्यक्रममा बोल्दै वैद्यले भाषा र संस्कृतिको लोप हुँदै गएकोले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । पहिचानको समस्या रहेको जानकारी दिदै उनले आफ्नो पहिचानको लागि एक जुट भएर लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा थलाकीकोतर्फबाट नारयण श्रेष्ठ, संरक्षकको तर्फबाट नारयण श्रेष्ठ र नवनिर्वाचित अध्यक्ष जयन्त प्रधानाङ्गलगायले बोलेका थिए । कार्यक्रम अगाडी विराटनगरमा भव्य मोटसाइकल ¥याली पनि निकालियो ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर

विराटनगरस्थित झिःपुच भवनबाट प्रसादको रूपमा अण्डा र ‘सगुन’ ग्रहण गरेपछि ट्राफिक चौक हुदै महानगर परिक्रामा गरि सोही ठाउँमा आएर विभिन्न कार्यक्रम भएको थियो । ¥यालीमा झिः पुचका पदाधिकारी, नेवार सामुदायका किशोर, किशोरीहरू आफ्नो जातिय पहिरनमा सजिएर सहभागि भए ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर

१५ लाखको अक्षयकोषको घोषणा
नेपाल सम्वत ११४० को अवसर पारेर झि पुचः विराटनगरका पूर्व अध्यक्ष तथा संरक्षक सुदर्शन बहादुर श्रेष्ठले १५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपाली भाषा साँस्कृतिमा योगदान पु¥याउने उद्देश्यले श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन् । श्रेष्ठले स्थापना गरेको कोषबाट आएको ब्याजले २÷२ वर्षमा एक जनालाई नेपाली भाषा संस्कृतिमा योगदान पु¥याउने १ जनालाई नगद २ लाख राशीको पुरस्कार प्रदान गरिने भएको छ । यो पुरस्कार झि पुचः ले न्हुँ दँया भिंतुना नेपाल सम्बतको अवसर पारेर प्रदान गर्नेछ ।
सोही अवसमार नाकी सावित्री देवी तुलाधरले पनि २ लाख ५१ हजार रुपैयाँ झि पुचः लाई सहयोग प्रदान गरेकी थिइन् ।
झि पुचः को नयाँ नेतृत्वको पदस्थापन
झि पुचः विराटनगरको २६ औं वार्षिक साधरणसभाबाट नयाँ नेतृत्व चयन भएका पदाधिकारीहरूको पनि पस्थापन भएको छ । सर्वसम्मत रूपमा निर्वाचित भएका १७ जना नयाँ कार्यसमतिले सोमबार प्रमाण पत्र ग्रहण गरेर पदस्थापन गरे ।

तस्वीर : प्रेम देवान / आवर विराटनगर

केही दिन अगाडी सम्पन्न भएको साधरणसभाबाट झिः पुच विराटनगरको अध्यक्षमा जयन्त प्रधानाङ्ग, वरिष्ठ उपाध्यक्षमा हरिबहादुर श्रेष्ठ, उपाध्यक्षमा भविषकुमार श्रेष्ठ, महासचिबमा शरद श्रेष्ठ, कोषाध्यक्षमा सागरराज जोशी, सह–कोषाध्यक्षमा सुभाष आमात्य, सचिबमा सुरेश लाल श्रेष्ठ छन् । यस्तै सदस्यहरूमा उदयबहादुर डंगोल, हरिमोहन श्रेष्ठ, सुरज श्रेष्ठ, रामकुमार श्रेष्ठ, सन्जु शाक्य, रन्जना अमात्य, संजयकुमार श्रेष्ठ, सम्झना प्रधान, युनेशराज श्रेष्ठ र मिरा कुमारी राजभण्डारी रहेकी छिन् । दुई वर्ष कार्यकालको लागि सर्वसम्मत निर्वाचित भएका सदस्यहरूलाई निर्वाचन आयुत्त शिव नारायण प्रधानले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रमका केही झलक

तस्वीर : प्रेम देवान / आवर विराटनगर

 

तस्वीर : प्रेम देवान / आवर विराटनगर

तस्वीर : प्रेम देवान / आवर विराटनगर

तस्वीर : प्रेम देवान / आवर विराटनगर

तस्वीर : प्रेम देवान / आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्