मोरङ र ईलाममा मोटरसाईकल दुर्घटना, दुईजनाको ज्यान गयो चारजना घाईते

मोरङ र ईलाममा मोटरसाईकल दुर्घटना, दुईजनाको ज्यान गयो चारजना घाईते

विराटनगर । मोरङ र ईलाममा मोटरसाईकल दुर्घटनामा दुईजनाको ज्यान गएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ९ स्थित पूर्ब पश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको ज्यान गएको छ। गएराती पूर्बबाट पश्चिम तर्फ जादै गरेको को २९ प २७८४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जाँदै गरेको को ३२ प ८७५० नम्बरको स्कुटी एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको थियो । दुर्घटनामा स्कुटर चालक सप्तरीको महुली बस्ने बर्ष २३ को निश्चल भारती, स्कुटीको पछाडी सबार मोरङको उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष २३ की प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेची नगरपालिका १२ बस्ने बर्ष १८ को एलिस भारती घाईते भएका थिए । घाईते तिनैजनालाई नोवेल अस्पताल विराटनगर ल्याएकोमा मोटरसाईकल चालक एलिस भारतीको ज्यान गएको हो जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुबै सवारी साधनहरु प्रहरी चौकी बिराटचोकको नियन्त्रणमा छन् ।
उता ईलाम नगरपालिका १ मानेचोकमा मेची राजमार्गमा राँकेबाट पुवाखोला तर्फ जाँदै गरेको मे ७ प २०७४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ । गएराती भएको मोटरसाईकल दुर्घटनामा ईलाम नगरपालिका ४ पुवाखोला बस्ने बर्ष २७ को संजय कटुवाल र बर्ष २७ को सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । घाईते दुबैजनाको उपचारकोलागि जिल्ला अस्पताल ईलाम पठाईएकोमा संजय कटुवालको उपचारको क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अर्का घाईते सुमन राईलाई थप उपचारकोलागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्