विराटनगरमा जुवा खेल्ने २० जना जुवाडे सहित नगद ६ लाख ६० हजार बरामद

विराटनगरमा जुवा खेल्ने २० जना जुवाडे सहित नगद ६ लाख ६० हजार बरामद

विराटनगर । विराटनगरका बिभिन्न दुई ठाउँबाट प्रहरीले जुवा खेली रहेको अबस्थामा २० जनालाई पक्राउ गरेको छ । सोमबार मध्यरातमा बिराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एक घरमा जुवा खेली रहेको सुचनामा आधारमा गएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक सेट कौडा सहित ४ लाख ४९ हजार ६३५ रुपैयाँ बरामद गरेको छ । जुवा खेली रहेका १० जना समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै गएराती बिराटनगर महानगरपालिका ८ बाट जुवा खेली रहेको १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपीको कमाण्डमा खटिएको प्रहरी टोली र वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरी टोलीले जुवा खेली रहेको अवस्थामा एक थान कोडा सहित दुई लाख दश हजार छ सय दश रुपैयाँ बरामद गरेको छ । तर पक्राउ परेका ब्यक्तिको नाम भने सार्बजनिक गरेको छैन । तास खेलेका ब्यत्तिः पक्राउ पर्दा नाम सार्बजनिक गरेको प्रहरीले यी ब्यक्ति पक्राउ परेको बारेको नाम भने सार्बजनिक नगरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्