तिहारका बेला हतियार बोकेर हिंडेका पाँच युवा धरानबाट पक्राउ

तिहारका बेला हतियार बोकेर हिंडेका पाँच युवा धरानबाट पक्राउ

धरान । तिहारको समयमा धारिलो हतियार बोकेर हिंड्ने पाँच जनालाई इलाका प्रहरी कार्यालय धरानले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले ९ देखि १२ कात्तिकको अवधिमा धारिलो हतियार तरबार, खुकुरी, चक्कुलगायत हतियार बोकेर हिंडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा धरान–१५ बगरकोटका २२ वर्षीय विशाल राई, २४ वर्षीय दिवस राई, धरान–१७ रेल्वेका २८ वर्षीय गोपाल श्रेष्ठ, २२ वर्षीय विजय खड्का र धरान–५ देउरालीका १९ वर्षीय विवेक राई रहेका छन् । धारिलो हतियार बोकेर हिँडिरहेको अवस्थामा उनीहरू छुट्टाछुट्टै स्थानबाट पक्राउ परेको डिएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्