पूर्वराजा ज्ञानेन्द्र शाहको चेतावनीः परिवर्तनकारीलाई अप्ठेरो पर्न सक्छ

पूर्वराजा ज्ञानेन्द्र शाहको चेतावनीः परिवर्तनकारीलाई अप्ठेरो पर्न सक्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तनकारीलाई अप्ठेरो पर्न सक्ने चेतावनी दिएका छन् । तिहारमा बहिनीको हातबाट टीका ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्– कुनै पनि परिवर्तन हुँदा दुईवटा महत्वपूर्ण कुरा हुनैपर्छ । प्रगति र विकास । यो दुईवटा कुरालाई बुझिएन भने परिवर्तनको माने हुँदैन । परिवर्तनकारीलाई नै अप्ठेरो पर्न सक्छ ।”

उनले सर्वसाधारणले विकासको सहज अनुभव गर्न सक्नुपर्ने बताए । “अहिले हामीले कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन होइन,” शाहले भनेका छन्, “लक्ष्मी पुजामा पनि कतिले भएको धन नमासियोस् भन्ने कामना गरे होलान्, कतिले भएको धन अझै वृद्धि होस् भन्ने कामना गरे होलान् तर मैले धन हुनेलाई मन होस् र मन हुनेले नेपालीपन पाओस् भन्ने कामना गरेको थिएँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्