‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन

‘हाई प्रोफाइल’ जुवाडेलाई अदालतले छाडेन

काठमाडौँ । बन्दी प्रत्यक्षीकरणको छुट्टाछुट्टै निवेदन दिएका जुवाडेहरुलाई सबैको म्याद एकसाथ तामेल गरेर एकै साथ हाजिर गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । भाइटीकाको अघिल्लो दिन राजधानीको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइएका २५ जनामध्ये १४ जनाले प्रहरीले गरेको पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले विक्रम गौतमको घरमा चलिरहेको जुवा खालमा छापा मारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगायतका ‘हाई प्रोफाइल’ जुवाडेहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै बलराम सापकोटा, मुक्ते लामा, पवित्रकुमार कार्की, विक्रम गौतम, पवन कुमार गुप्ता, श्रवणकुमार गोयल ६ जना, इन्द्र श्रेष्ठ, प्रेम थापा मगर, अशोक श्रेष्ठ, रामकृष्ण केसी ४ जना, शम्भुबहादुर बुढाथोकी, होम चौलागाईं र साङबु शेर्पाले आइतबार, सोमबार र बुधबार छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

ठूलो रकमसहित जुवा चलिरहेको सूचना पाएर प्रहरीको टोली छापा मार्न पुग्दा केही हाई प्रोफाईल व्यापारी र व्यवसायीले बरु खालमा भएको पैसा लिन तर आफूहरुलाई पक्राउ नगर्न आग्रह गरेका थिए। प्रहरीले जुवाको खालबाट नगद रकमका अलावा बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससमेत बरामद गरेको थियो। जुवा खालको पैसा गन्न समय लाग्ने भएपछि प्रहरीले बाणिज्य बैंकबाट पैसा गन्ने मेसिन ल्याएको थियो। प्रहरी स्रोतका अनुसार चेकमा समेत कारोबार भएकाले बरामद रकमभन्दा ठूलो परिणामको जुवा भइरहेको अनुमान गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्