यसकारण लाग्यो कपिलबस्तुमा कर्फ्यू , गोली चल्दा एकको मृत्यु

<span class='c1'>यसकारण लाग्यो कपिलबस्तुमा कर्फ्यू ,</span> <span class='c2'>गोली चल्दा एकको मृत्यु</span>

काठमाडौं, कात्तिक १४ गते । कृष्णनगरमा लक्ष्मी मूर्ति बिर्सजनको बिषयलाई लिएर दुर्इ समुदाय बीच झडप बढेसँगे कपिलबस्तुमा कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुद्वरा बिहीबार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कफ्र्यू आदेश जारी भएको सूचना निकालेको छ ।
दीपावलीको समापनसँगै बुधबार राति ८.०० बजेपछि मूर्ति बिर्सजनका क्रममा बिवादले उग्ररुप लिएको थियो । मूर्ति बिर्सजनकालागि जाने क्रममा अज्ञात समूहले ढुंगा हाने पछि विवाद बढेपछि प्रशासन कार्यालयबाट  कर्फ्यु जारी भएको सूचनामा उल्लेख छ ।

बुधबार राती विवाद पछि तनाव र झडप बढेसँगै बिहीबार बिहान जिल्ला सुरक्षा समितिको  आकस्मिक बैठकले कर्फ्यूको निर्णय गरेको थियो ।

कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जारी गरेको कर्फ्यू आदेश अनुसार कृष्णनगर भन्सार कार्यालय देखि उत्तर सात सय मिटर, पश्चिम सात सय मिटर, र पूर्व तीन सय मिटर क्षेत्र निर्धारण गरिएको छ ।

सो क्षेत्र भित्र हिडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाईएको छ । आदेश अवज्ञा गरिएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ श्रेष्ठले बताउनुभयो ।

स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्