१३ वर्षीया दलित बालिकालाई कोठामा लगेर जबर्जस्ती बलात्कार गर्ने युवा धरानबाट समातिए

१३ वर्षीया दलित बालिकालाई कोठामा लगेर जबर्जस्ती बलात्कार गर्ने युवा धरानबाट समातिए

धरान,१४ कात्तिक । तिहारको भाइटिकाको दिन करिब १०ः३० बजेको समयमा बालिकालाई आफू बस्ने कोठामा लगी जबर्जस्ती करणी गरेपछि धरान–१६ बाट एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो ।

गिरेन्द्र राईलाई प्रहरीले पक्राउ गरी लैजादै

धनकुटा छिन्ताङ–४ घर भई धरान–१६ डेरा गरी बसेका वर्ष ३५ गिरेन्द्र राईले एक दलित युवतीमाथि जबर्जस्ती गरेका थिए । १३ वर्षीया (सीता दर्जी परिवर्तित नाम) लाई आफ्नो डेरा कोठामा बोलाई उनले जबर्जस्ती गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
अहिले आफन्तले जाहेरी दर्ता गरिसकेको इलाकाका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनले आफूले आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीलाई बयान दिइसकेका छन् । ‘उनलाई कुन कोठामा जबर्जस्ती गरेको भनेर सोधपुछ पनि भयो, उनले यही कोठामा भनेर कोठाको ओछ्यानसमेत देखाइसकेका छन्’, प्रहरी स्रोतले भन्यो ।
यसरी भएको थियो घटना
घटना मङ्गलबार भाइटिकाको दिन हो । वल्लो कोठा पल्लो कोठा बस्थे बालिका र राईका परिवार । त्यो दिन सबैजना (राईको श्रीमती, बालिका पक्षका आफन्त) कोही घरमा थिएनन् । राई र बालिका साथै उनकी ११ वर्षीया बहिनी मात्रै घरमा थिए । त्यो दिन घटना हुनुअघि केही समयपछि दिदी घरमा नदेखिएपछि ११ वर्षीया ती बहिनीले दिदी खोजिन् । पल्लो कोठा छिर्ने गरेकी दिदीलाई त्यही होलिन् भनी बहिनीले बन्द रहेको ढोका ढकढक्याइन् । निकैबेर ढकढक्याए पनि ढोका खुलेन । कोही बोलेनन् पनि । ढोका नखोलिएपछि उनले काठले बनेको झ्यालबाट चिहाइन् । तर अँध्यारो कोठामा उनले केही देखिनन् । त्यसपछि उनले झ्याल बल गरेर तानिन्, धन्न झ्यालको एउटा चुगुल नलागेकोले झ्याल उघ्रियो । खोल्दा राईलाई नग्न अवस्थामा बहिनीले देखिन् । त्यतिबेलै दिदी बाहिर निस्किइन् । राई बाहिर निस्किएर बहिनीलाई पनि यस्तो थोक किनिदिन्छु, उस्तोथोक किनिदिन्छु भन्दै फकाए । तर बहिनी मानिनन् । म सबैलाई भनिदिन्छु भनेपछि राईले बहिनीलाई धम्क्याए पनि । बहिनीले थाहा पाएपछि ती बालिका पनि बाहिर निस्किएर ‘मलाई यसले जबर्जस्ती गरेको’ भनेपछि हल्ला फिँजिएको थियो । हल्ला फिँजिएपछि केही युवाको समूह त्यहाँ आइपुगे । त्यहाँ आएर सोधीखोजी गर्दा ती राईले मैले ‘यसो गरेकै हो, म स्वीकार्छु, मलाई केही नगर्नू’ भन्न थाले । त्यसपछि राईमाथि खनिए स्थानीय युवा । ती युवाको समूहले प्रहरीलाई जानकारी गराए र प्रहरी आएर सोधीखोजी गरेपछि युवालाई पक्राउ गरेको थियो । ती युवाले यसअघि विवाह गरेपछि श्रीमती अन्तै हिँडेपछि कान्छी श्रीमती विवाह गरेका थिए । पहिलो श्रीमतीपट्टिको एक छोरी र कान्छीपट्टिको एकजना छोरा छन् । ती राई लेवर काम गर्दै आएका थिए । यसअघि ती युवाले बालिकालाई चकलेट, मीठा मीठा खानेकुरा खुवाउने गरेको स्थानीयले बताएका छन् । १० भन्दा माथि १४ वर्षभन्दा मुनिकालाई जबर्जस्ती गरे १४ वर्ष जेल सजाय हुन्छ ।
हा्रम्रो कोशी आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्