चोरी गरेको ठुलो परिमाणको सुन र चाँदिका गरगहना सहित भारतीय पक्राउ

चोरी गरेको ठुलो परिमाणको  सुन र चाँदिका गरगहना सहित भारतीय पक्राउ

झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिमाणको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ । झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका (५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल र वर्ष ३५ की मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा ति ब्यक्क्तिले चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरी भएको जानकारी पाए लगत्तै गएको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सि.सी.क्यामरा फुटेज हेर्दा चोरी गरेर निस्कीदै गरेको अवस्थामा देखी उक्त क्यामेरामा देखिएका मानिसको खोजतलास गर्ने क्रममा साहलाई बिर्तामोड ५ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका साहले प्रयोग गरेको भारतीय नम्बर प्लेटको भारतिय गाडी चेकजाँच गर्ने क्रममा सो गाडीबाट लाखौ मुल्य बराबरको सुन तथा चाँदीका गरगहना, नेपाली रुपैयाँ ३८ हजार र भारतिय रुपैयाँ १३ हजार ७ सय बरामद भएको थियो । बरामद भएको गर गहनाहरु सम्बन्धीत पिडितहरुबाट सनाखत गराएको र समान सहित पक्राउ परेका साहको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्