श्रीमतीसँग अबैध सम्बन्ध राख्ने छिमेकीको हत्या, श्रीमान –श्रीमती प्रहरी नियन्त्रणमा

श्रीमतीसँग अबैध सम्बन्ध राख्ने छिमेकीको हत्या, श्रीमान –श्रीमती प्रहरी नियन्त्रणमा

नसीम अन्सारी ।

सुनसरी (ईनरुवा) । अर्काकी श्रीमतीसँग अबैध यौन सम्बन्ध राख्ने एक ब्यक्तिको हत्या भएको छ । हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ३ सोमबारेहाट जिल्ला अदालत नजिकै बस्ने ४० बर्षिय कारी यादवको हत्या भएको हो । यादवले छिमेकी अनिता पंडितसंग अनैतिक सम्बन्ध गरिरहेको अबस्थामा उनका श्रीमानले भेट्टाएका थिए ।
यादवले अनितालाई फोन गरि घर बाहिर बोलाएर अनैतिक क्रियाकलाप गरि रहेको अवस्था अनिताका श्रीमान अशोक पंडितले यादवलाई घरेलु हतियारले आक्रमण गरी घाटीमा प्लाष्टिकको डोरीले बांधेर यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।
ईनरुवामा घटनाको बारेमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरक्षिक यज्ञविनोद पोखरेलले हत्यामा श्रीमान र श्रीमती दुवैको संलग्नता रहेको अनुसन्धानबाट खुलेको बताए ।
इनरुवा नगरपालिका ३ सोमबारे हाटका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको छ, एसपी पोखरेलले भने, हत्याको कारण अनिता र यादव बिचको अनैतिक सम्बन्ध हो ।
पक्राउ परेका दुबै जनालाई आजै पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ । अनिता र यादवबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ । कल डिटेल्स र वस्तुस्थिति अध्ययन पछि अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गरिसकेको जनाएको छ ।

पत्रकार सम्मेलनकाबिच अशोक र अनिताले हत्या गरेको समेत स्विकारेका छन् । तर घटनास्ँग जोडिएकी अनिताले भने यादवले बोलाएर आफुमाथि जबरजस्ती गर्न खोजेको बताएकी छिन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा यादव र अनिताबिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार यादवले  फोन गरेर अनितालाई घरबाहिर बोलाएका थिए ।
हत्या पश्चात अशोकले यादवको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेको समेत प्रहरीले फेला पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्