श्रीमानको दुईलाख लिएर श्रीमती वेपत्ता

श्रीमानको दुईलाख लिएर श्रीमती वेपत्ता

भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका २, कुदाककाउले घर भएकी २७ वर्षिया आशा राई सार्कीले श्रीमानको २ लाख रुपैया लिएर वेपत्ता भएकी हुन् ।
भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान एक बहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको २ लाख नगद लिएर गत कार्तिक १८ गते सम्पर्क विहीन भएको एक बहादुरले बताए । रुपैँयासहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान एक बहादुरले बताए ।
एक बहादुरले उनको खोजीको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिन समेत आग्रह गरिएको प्रहरीले जनाएको छ । श्रीमान एक बहादुर र आशाकी ७ वर्षिया एक छोरी र ५ वर्षिय एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्