जहदाको लक्ष्मीनिया युवा क्ल्बद्वारा हाजरी जवाफ तथा नृत्य प्रतियोगितामा सम्पन्न

जहदाको लक्ष्मीनिया युवा क्ल्बद्वारा हाजरी जवाफ तथा नृत्य प्रतियोगितामा सम्पन्न

विराटनगर । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका भित्र रहेका संस्थागत विद्यालयहरु बीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । लक्ष्मीनिया यूवा क्लवले आयोजना जहदा गाउँपालिकाको दुर्गा उच्च माध्यमिक विद्यालयको प्रागणमा भएको हाजिरी जवाफ प्रतियोगितामा जहदा ५ को लिटिल चाईल्ड इंगलिस बोर्डिङ स्कुल प्रथम भएको हो । बालबालिका स्कुल दोस्रो स्थान हासिल गर्न सफल भयो भने मोर्डन इस्टर्न स्टार इङ्गलिस वोर्डिङ स्कुलले तेस्रो स्थान हासिल गर्यो ।
जहदा गाउँपालिका र कटहरी गाउँपालिकामा रहेको संस्थागत विद्यालय मुन राईस भौडाहा, लिटिल चाईल्ड स्कुल जहदा–६, चन्द्र सुर्य स्कुल जहदा–२, मोडन स्टर्न स्टार स्कुल थलहा, धुर्वतारा स्कुल कटहरी–१, ज्ञान सागर स्कुल जहदा–६, बालवालिका स्कुल जहदा–२, सुप्रभा स्कुल कटहरी–४, गरी ८ वटा विद्यालयले भाग लिएका थिए ।
हाजरी जवाफ प्रतियोगितामा प्रत्येक स्कुल वाट ४–४ जना बालबालिकाको सहभागीता रहेको थियो । जहदा गाउँपालिकाका अध्यक्ष कैलाश प्रसाद मण्डलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम भएको थियो । विजेता सवैलाई कप, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।
कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष शालो देवी शाह, जहदा गाउँपालिका ५ का वडा अध्यक्ष जगदिश सिंह , वडा नम्बर ३ का अध्यक्ष अनिल कुमार ठाकुर, आठ एउटै सहभागी बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकको उपस्थिती थियो ।
जीवन विकास समाज मझारे शाखाका प्रमुख हेम नारायण राजवंशी, युवा नेता तथा समाजसेवी राजकुमार यादव, जगरनाथ राय, गान्धी मण्डल, लियो क्लब युनिकका अध्यक्ष पेरिस सुवेदी, इन्स्टान्ट ब्लड डोनरका रूपक श्रेष्ठ लगायतको उपस्थिती थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्