सिंघिया खोला संरक्षणको अभियान शुरु, सरसफाई अभियान, बृक्षरोपणदेखि तटबन्धसम्म

सिंघिया खोला संरक्षणको अभियान शुरु,  सरसफाई अभियान, बृक्षरोपणदेखि तटबन्धसम्म

विराटनगर । विराटनगरको पूर्वमा रहेको सिंघिया खोला संरक्षणको अभियान शुरु भएको छ । सिँघिया खोलाको अस्तित्व चुनौतीपूर्ण रहेकाले यसको संरक्षणको उपायका विषयमा विराटनगरमा अन्तरक्रिया गरिएसँगै अभियान शुरु गर्न लागिएको हो ।
कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सिंघिया खोलाको अस्तित्व संकटमा परेकाले सबैले यसको अस्तित्व बचाउन लाग्नु पर्नेमा जोड दिए । उनले सिघिया नदी वातावरणीय दृष्टिकोणले चुनौतीको रुपमा देखा परेसँगै यसको संरक्षण र सम्बद्र्धनमा सबै जुटनु पर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले सिंघिया संरक्षण तथा सफाइ अभियान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै संरक्षणका लागि तटबन्धन निर्माण गर्नुपर्ने तथा फोहर मुक्त बनाउनु पर्नेमा जोड दिए ।
विराटनगरको घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटरलाई पहिलो चरणमा नमुनाको रुपमा अभियान शुरु गर्ने तयारी रहेको छ । जसमा खोलाको नाप तथा नक्साङ्कन, अतिक्रमित जग्गा खाली गर्ने, खाली जग्गाहरुमा बृक्षरोपण गर्ने तयारी पनि सिँघिया खोला सरसफाई अभियानको क्रममा हुने जानकारी दिईएको छ । सिँगिया खोलाको हात्तिमुडादेखि घिनाघाटसम्मको १२ किलोमिटर, घिनाघाटदेखि दक्षिण भाथिगछसम्मको १० किलोमिटर र भाथिगछदेखि नेपाल भारत सिमा क्षेत्रसम्मको १० किलोमिटरलाई फरक फरक क्लष्टर विभाजन गरि काम गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यसका लागि बुढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका, कटहरी गाउँपलिका, जहदा गाउँपालिका र बिराटनगर महानगरपालिका एकै ठाउँमा बसेर योजना निर्माण गरी अघि बढ्नु पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्