विराटनगरमा “घरजम” को टोलीलाई छुम्माको सम्मान

विराटनगरमा “घरजम” को टोलीलाई छुम्माको सम्मान

विराटनगर, ७ मंसिर । नेपाली मौलीक कथानक चलचित्र ‘घरजम’ को टोलीलाई विराटनगरमा सम्मान गरिएको छ ।
मौसम ईम्बुङद्धारा निर्देशित ‘घरजम’ को विशेष प्रर्दशनी गर्न विराटनगर आईपुगेको टोलीलाई शनिबार किराँत याक्खा छुम्मा नगर कार्य समिति विराटनगरले एक कार्यक्रम विच सम्मान गरेको हो ।

घरजमका निर्देशक मौसम लिम्बु सहित आएको टोलीलाई किराँत याक्खा छुम्मा नगर कार्य समितिका अध्यक्ष विनादेवी जिमी लगायत अन्य समितिका पदाधिकारीहरुले माला र अभिर लगाएर सम्मान गरेका थिए ।
लिम्बु जातीको भाषा, संस्कार–संस्कृति र परम्परासँग जोडिएको घरजम चलचित्र मंसिर ११ गते विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स हलमा विशेष प्रदर्शनी मौलिक चलचित्र ‘घरजम’ प्रदर्शनी समिति विराटनगरका संयोजक प्रेम देवानले जानकारी दिए ।


विशेष प्रदर्शनीको लागी टिकट विक्री वितरणको काम भईरहेको संयोजक देवानले बताए । ‘घरजम’ लिम्बू समुदायको जीवन–दर्शनलाई आधार मानेर निर्माण गरिएको चलचित्रलाइ किशोर कुमार लिम्बु र सीता कुमारी तुम्वापो र सह निर्माता तेज मेन्याङबोको रहेको छ । चलचित्रमा मुख्य भुमिकामा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्