विराटनगरमा राज्यमन्त्री दुगडको ब्यापारीले गरे भब्य स्वागत, काम गरेर देखाउन चुनौती

विराटनगरमा राज्यमन्त्री दुगडको ब्यापारीले गरे भब्य स्वागत, काम गरेर देखाउन चुनौती

विराटनगर । उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोती दुगडले ब्यापारीहरुको हितमा काम गर्नेै बताएका छन्। उनले विराटनगर विमास्थलमा भएकोस्वागतले आफुलाई हर्षित मात्र नभई थप जिम्मेवारी थपिएको बताए ।
विराटनगरमा मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले आफु मन्त्रीको लागि प्रधानमन्त्री तथा पार्टीबाट एकदमै अलग खालको निर्णय भएकोमा खुसी ब्यक्त गरे । उनले नीजि क्षेत्र समृद्ध नभएसम्म देश समृद्ध नहुने बताउँदै अब निजी क्षेत्रले आफ्नो प्रतिनिधित्व पाएको स्पष्ट पारे ।
आफु मन्त्री भएकोमा धेरैलाई डाईजेष्ट नभएको समेत स्मरण गर्दै राम्रो भन्नेले राम्रो भनेपनि या नराम्रो भन्नेले नराम्रो भनेपनि अब आफु ठाउँमा आएकोले काम गरेर देखाउने उनले प्रण गरे । उनले आफुलाई दिएको जिम्मेवारी पुर्ण रुपमा निर्वाह गर्ने बताए । यदी जिम्मेवारी पुर्ण रुपमा निर्वाह भएन भने यो अबसर कुनैपनि ब्यापारीलाई झुक्किएर पनि नआउने स्पष्ट पार्दै सबैलाई काम गरेर देखाउनु आफ्नो चुनौतीको रुपमा रहेको उनले बताए ।
निक्कै खुसी मुद्रामा देखिएका दुगडले आफु कुनैपनि हालतमा यसरी मन्त्री भएर आउँला भनेर सोच्दै नसोचेको बताए । ‘अब एउटा भिजन र सोच बोकेको ब्यक्ति मन्त्री भएर आएको छ, उनले भने अबको तीन महिना भित्रमा सुधारको संकेत देखिन थाल्छ ।’ उनले एक बर्ष भित्रमा बिराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम शुरु गराएरै छाड्नै दाबी गरे । यदी एक बर्ष भित्रमा बिमानस्थल बनेन भने आफु असफलको सुचीमा पर्ने समेत चुनौैती दिए ।
राज्यमन्त्री मोतीलाल दुडगको सम्मान तथा स्वागतमा आयोजित कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अबसरको रुपमा नभई चुनौतीको रुपमा मन्त्री पदलाई लिन उनले चेतावनी दिए । आज मन्त्री भएको उद्योगीले भोलीका अन्य उद्योगी र ब्यापारीको पनि शाख राख्ने गरी काम गर्ने र उद्योगीले राम्रो काम गर्छन् भनेर देखाउनेगरी लाग्न उनले सुझाए ।
विराटनगरसँग जोडिएको आईसीपी निर्माण, प्रदर्शनी स्थलको निर्माण सम्पन्न गराउने, सुनसरीको अमडुवामा रहेको ६५० बिगाहा क्षेत्रको जग्गामा औद्योगिक क्षेत्रको स्थापना गरी ५ सय उद्योग संचालन गर्न सक्नेगरी संरचना निर्माण गर्ने मात्र काम गरे सफल मन्त्रीका रुपमा उद्योगी ब्यापारीले हेर्ने स्पष्ट पारे । अर्का ब्यापारी पवन कुमार सारडाले ब्यापारीका समस्यामा ध्यान दिएर ब्यापारी मैत्री कानुन निर्माण गर्न आग्रह गरे । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली,मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा, नागरिक समाजका दधिराज सुबेदी, नेकपाका जिल्ला अध्यक्ष ऋषीकेश पोखरेल लगायतले उद्योगीका समस्यालाई समाधान गर्दै नेपालको औद्योगिक विकासमा ध्यान दिनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्