विराटनगरको भन्सार कार्यालयमा पार्किमा राखेको ट्रक भित्र भारतीय नागरिकको मृत्यु

<span class='c1'>विराटनगरको भन्सार कार्यालयमा पार्किमा राखेको</span> <span class='c2'>ट्रक भित्र भारतीय नागरिकको मृत्यु</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयको पार्किङ भित्र रोकी राखेको ट्रकमा एकजना मृत फेला परेका छन् ।
बिराटनगर महानगरपालिका १७ भन्सार कार्यलयभित्र रहेको ट्रान्स नेपालको पार्किङ स्थलमा रोकी राखेको भारतिय नम्बर प्लेटको ट्रक भित्र एकजना भारतीय नागरिकको मृत्यु भएको हो । भारतबाट नेपाल आएको युपी७८एफटी ३५१६ नम्बरको ट्रक भित्र सोहि ट्रकका सह चालक भारत कलोनि कानपुर नगर पन्चायत ४ उतर प्रदेश बस्ने बर्ष ५६ को ईतबार अलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ। मिसिनेरी सामान लोड गरी गत विहिबार नेपाल आई पार्किङमा राखेको ट्रकमा ट्रकका चालक र मृतक अली शुक्रबार रातको खाना र ज्वरोको औषधी खाएर सोही ट्रकमा सुतेका थिए ।
ट्रकको क्याबिनमा सुतेको अलीलाई शनीवार विहान ११ बजे ट्रकका चालक भारत तिपुगंन्ज ७ उतर प्रदेश बस्ने बर्ष ३३ को मो.इसादले उठाउन खोज्दा नउठेपछि उनले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्