अब बिराटनगरबाट पोखराको पनि उडान बुद्ध एयरले गर्ने !

<span class='c1'>अब बिराटनगरबाट पोखराको पनि उडान</span> <span class='c2'>बुद्ध एयरले गर्ने !</span>

विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाइट सुरु हुने भएको छ । बुद्ध एयरले विराटनगरबाट काठमाण्डौ र त्यहाँबाट पोखरा उडान गर्न लागेको हो ।

आउँदो डिसेम्बर १ (मंसिर १५) देखि ट्रान्जिट फ्लाइट सुरु गर्न लागेको बुद्ध एयरका सञ्चालक विरेन्द्रकुमार बस्नेतले बताउनुभयो । उहाँले पहिलो ६ महिनाका लागि परीक्षण स्वरुप ट्रान्जिट फ्लाइट गर्न लागिएको र कम्पनीले नोक्सान बेहोर्नुपर्ने स्थिति नभएमा सेवा निरन्तर दिने बताउनुभयो ।

बुद्ध एयरले पोखरा–काठमाण्डौ १० वटा उडान भर्दै आइरहको छ । विराटनगरबाट काठमाण्डौ आठ वटा उडान नियमित हुँदै आएको छ । त्यस्तै, भद्रपुरबाट तीन वटा उडान हुँदै आएको छ । विराटनगर र भद्रपुरबाट हुने उडानबाट पोखरा जाने यात्रुको लागि ट्रान्जिट गरिने र ६ महिनापछि होटल व्यवसायी तथा ट्राभल एजेन्सीसँग छलफल गरेर अगाडि बढ्ने तयारी बुद्ध एयरको छ ।

६ महिनासम्म  यात्रुको चाप हेरेर त्यसपछि विराटनगरबाट पोखरा सिधा उडान गर्न सकिने बस्नेतले जानकारी दिनुभयो ।

हप्तामा २०० यात्रु भएमा एक हप्तामा तीन वटा उडान राख्न सकिने उहाँको भनाइ छ ।

मंसिर १५ देखि सुरु हुने ट्रान्जिट फ्लाइटले  मुक्तिनाथ र बराह क्षेत्रका पर्यटकसमेत जोडिने दाबी पर्यटन व्यवसायीको छ । तर त्यसका लागि नियमित उडान आवश्यक छ ।

प्रदेश सरकारले प्रचार गर्ने

विराटनगरबाट सिधै पोखरा उडानको काम सुरु भएमा प्रदेश सरकारले प्रचारमा सहयोग गर्ने जनाएको छ । विराटनगरमा भएको छलफलको क्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले  प्रदेश सरकारले प्रचार प्रसारको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुख्यमन्त्री राईले विराटनगरबाट पोखरा उडानको प्रदेश सरकारको सपना पूरा हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले प्रचारको लागि सहयोग गर्नेछ ।’ विराटनगर विमानस्थलको स्तरोनन्तीको लागि काम सुरु गर्न पनि पहल भइरहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो ‘यही मंसिर १६ गतेको छलफलपछि विराटनगर विमानस्थलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम पनि सुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्