विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाईट मंसिर १५ गतेदेखि शुरु हुने

विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाईट मंसिर १५ गतेदेखि शुरु हुने

विराटनगर। विराटनगर र भद्रपुरबाट पोखरा ट्रान्जिट फ्लाईट शुरु हुने भएको छ । बुद्ध एयरले विराटनगरबाट काठमाडौँ र त्यहाँबाट पोखरा उडान गर्न लागेको हो ।
आगामी डिसेम्बर १ देखि ट्रान्जिट फ्लाईट शुरु गर्न लागेको बुद्ध एयरका संचालक बिरेन्द्रकुमार बस्नेतले बताए । उनले एउटा कम्पनीले कसरी घाटा नखाई यात्रुले सेवा पाउन सक्छन् भन्नका लागि पहिलो ६ महिनाका लागि ट्रान्जिटको रुपमा फ्लाईट गर्न लागिएको बताए । बुद्धएयरले विराटनगरमा आयोजना गरेको अन्तरक्रियामा विराटनगरबाट काठमाडौँ र काठमाडौँबाट पोखरा अन्तरप्रदेशीय उडान गर्ने गर्न लागिएको जानकारी दिए ।
बुद्ध एयरले पोखरा–काठमाडौँ १० वटा फ्लाईट छ । अनी बिराटनगरबाट काठमाडौँ ८ वटा उडान नियमित हुँदै आएको छ । त्यस्तै भद्रपुरबाट ३ वटा उडान हुँदै आएको छ । विराटनगर र भद्रपरबाट हुने हुने उडानबाट पोखरा जाने यात्रुको लागि ट्रान्जिटको रुपमा ६ महिनासम्म परिक्षण गरिने त्यसपछि मात्र होटल ब्यवसायी तथा ट्राभल्स एजेन्सीसँग छलफल गरेर अगाडी बढ्ने तयारी बुद्ध एयरको छ । ट्रान्जिट उडानमा यात्रुको जोखिम बिमान कम्पनीले लिनेछ ।६ महिनासम्म यात्रुको चापलाई मध्यनजर गर्दै त्यसपछि बिराटनगरबाट पोखरा सिधा उडान गर्न सकिने बस्नेतले जानकारी दिए ।
हप्तामा दुईसय यात्रु भएमा एक हप्तामा ३ वटा फ्लाईट राख्न सकिने उनको भनाई छ । डिसेम्बर १ देखि शुरु हुने ट्रान्जिट फ्लाईटले मुक्तिनाथ र बराह क्षेत्रका पर्यटकलाई जोड्ने काम गर्ने समेत दाबी पर्यटन ब्यवसायीको छ । तर त्यसका लागि नियमित उडान गर्न सकिनु पर्ने उनीहरु बताउँछन् । नियमित उडान गर्न सकिएमा भारतको बागडुग्राबाट बिराटनगरमा जोड्ने अनी बिराटनगरबाट पोखरा तथा मुक्तिनाथबाट बिराटनगर हुँदै बराहक्षेत्रसम्म पर्यटक जोड्न सक्ने पर्यटन ब्यवसायीको भनाई छ ।कुनै सहयोग नगर्दा पनि बिराटनगर वा भद्रपुरबाट दैनिक ४० बढी यात्रु पोखरा जाने रहेका छन् ।
प्रदेश सरकारले प्रचार गरिदिने
विराटनगरबाट सिधै पोखरा उडान गर्न गर्ने काम शुरु भएमा प्रदेश सरकारले प्रचारमा सहयोग गर्ने जनाएको छ । विराटनगरमा भएको छलफलको क्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले प्रचार प्रसारको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।
मुख्यमन्त्री राईले सानो सपना मध्येको एउटा सपना बिराटनगरबाट पोखरा उडानको प्रदेश सरकारको सपना पुरा हुने भएको खुसी ब्यक्त गरे । पटक पटक बुद्ध एयरसँगको कुराकानी पछि मात्र ट्रान्जिट उडानको क्रम शुरु हुन लागेको उनको भनाई छ । यसलाई नियमित बनाउने बारेमा मुख्यमन्त्री राईले सबैलाग्नु पर्नेमा जोड दिए । ‘प्रदेश सरकारले प्रचारको लागि सहयोग गर्नेछ, उनले भने, प्रचारका नयाँ मोडालिटीमा काम शुरु हुन्छ ।’ विराटनगर बिमानस्थललाई स्तरोनन्ती गर्ने बारेमा पनि काम शुरु हुन लागेको मुख्यमन्त्रीले सुनाए । आगामी मंसिर १६ गतेको छलफल पछि विराटनगर विमानस्थलाई क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थल बनाउने काम शुरु हुने दाबी गरे ।
प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले ट्रान्जित नभई सिधै उडान हुनु पर्ने बताए । पर्यटक आउनको लागि ट्रान्जिट झण्झटिलो हुने भएकोले तत्काल सिधै उडान गर्नु पर्ने मन्त्री कुसियैत बताउँछन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हप्तामा दुई सय यात्रुको आगमन केही महिना भित्रै पुरा विस्वास दिलाए । फ्लाईटको शुरुवातीसँगै यात्रुको संख्या बढ्ने आशा पलाएको उल्लेख गर्दै भारतको बिहार, सिक्किम र दार्जिलिङका यात्रुहरुले विराटनगर बिमानस्थल प्रयोग गर्ने भएकोले सिधा उडान गर्न सकिने स्पष्ट पारे । प्रदेश सरकारको तर्फबाट सहयोग गर्नको लागि सँधै प्रतिबद्ध रहेको जानकारी दिँदै मन्त्री कार्कीले बनारस र कोलकताको उडान सँगै बिराटनगरबाट दिल्लीको उडान गर्न सकिनु पर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्