बलात्कार आरोप लागेका दुई ‘बाल बिज्या’ , विराटनगरको बाल सुधार गृहको ३ तलाबाट हामफालेर फरार…

बलात्कार आरोप लागेका दुई ‘बाल बिज्या’ , विराटनगरको बाल सुधार गृहको ३ तलाबाट हामफालेर फरार…

विराटनगर, ९ मंसिर । विराटनगर ३ मा रहेको बाल सुधार गृहबाट जबर जस्ती करणी आरोप लागेका २ ‘बाल बिज्या कर्ता’ (बन्दी) फरार भएका छन् ।

अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ (बन्दी) सुधार गृहको झ्याल तोडेर सोमबार विहान फरार भएका छन् ।

ज्यान मार्ने उद्योग र जवरजस्ती करणी मुद्दामा अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका बाल सुधार गृहमा रहेका २ जना ‘बाल बिज्या कर्ता’ झ्यालको गृहिल निकालेर फरार भएको पूर्वाञ्चल बाल सुधार गृह मोरङका प्रमुख मिलन चौहानले जानकारी दिए ।
ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरदह नगरपालिका –११ का १६ वर्षिय बालकलाई झापा अदालतको २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका थिए ।
त्यस्तै जवरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचना नगरपालिका– ७ गोठगाउँका १७ वर्षिय बालकलाई मोरङ अदालतले २०७६ असार ५ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि बाल सुधार गृहमा थिए । कुनै पनि अपराधमा संलग्न भएका प्रतिवादी १८ वर्ष भन्दा मुनिकाका भए उनीहरूको हकमा थुनामा राखेर कारवाहीको प्रक्रिया अगाडी बढाउनु परे अदालतले बाल सुधार गृहमा पठाउने गरेको छ ।
ज्यान मार्ने उद्योगका ‘बाल बिज्या कर्ता’ तीन महिना र जवरजस्ती करणी मुद्दाका ‘बाल बिज्या कर्ता’ पाँच महिना पछि बाल सुधार गृहको झ्याल तोडेर फरार भएका हुन् । सोमबार विहान ४ बजेसम्म बाल सुधार गृहमा रहेका ‘बाल बिज्या कर्ता’ को अभिलेख सुरक्षामा खटिएको प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि फरार भएको हुन नसक्ने आशंका गरिएको छ । सबै जना सुतेपछि उनीहरू फरार भएको सुरक्षा निकायको अनुमान लगाएको छ । सुधार गृहको ३ तला माथिबाट हाम फालेर भागेका हुन् ।
्फरार बालकहरु बाल सुधार गृहको कम्पाउन्ट वालभन्दा उत्तर पटी हाफ फालेका थिए । ‘तीन तला माथिबाट सोझै बाल सुधार गहृको कम्पाउन्ट वाल भन्दा बाहिर हाम फालेर फरार भएको देखिएको छ,’ बाल सुधकार गृहका प्रमुख चौहानले भने, ‘तीन तला माथिबाट हाफ फालेको डोप अहिले पनि देखिन्छ ।’
फरार भएकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । ‘बाल सुधार गृहमा अहिले १४८ जना बाल विज्या बस्दै आएका थिए ।
को

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्