चलचित्र ‘घरजम’ विराटनगरमा प्रर्दशन हुँदै

चलचित्र ‘घरजम’ विराटनगरमा प्रर्दशन हुँदै

विराटनगर । पूर्वका विभिन्न स्थानमा प्रर्दशनीपछि मोरङको विराटनगरमा नेपाली कथानक चलचित्र ‘घरजम’ विशेष प्रर्दशनी हुनेको भएको छ । मौसम ईम्बुङद्धारा निर्देशित चलचित्र ‘घरजम’ विराटनगर स्थित सेन्ट्रल मलको सेन्ट्रल मल्टिप्लेक्समा मंसिर ११ गते प्रर्दशन हुने भएको हो ।

पूर्वका पान्थर, इलाम, झापा र सुनसरीका ठूला शहरमा विशेष प्रर्दशन गरेर दर्शकको प्रतिकृया संकलन गर्दै आएको ‘घरजम’ युनिटले विराटनगरमा पनि प्रर्दशन गर्न लागेको हो । चलचित्र हरुलहरुमा प्रर्दशनमा आउन बाँकी नै रहेको ‘घरजम’बारे स्थानीय स्तरका प्रवुद्ध व्यक्तिहरुसँग प्रतिकृया लिनका लागि विशेष प्रर्दशन गर्न लागिएको निर्देशक ईम्बुङ बताउँछन् ।

प्रर्दशनपछि कलाकार, पत्रकार, वुद्धिजिवी, सहित्यकार तथा राजनीतिकर्मीसँग चलचित्रबारे समिक्षा गर्दै आएको ‘घरजम’ युनिटले विराटनगरमा पनि समिक्षा गर्ने बताएको छ । चलचित्र र चलचित्रबारे समिक्ष गर्ने परम्परा विकास गर्नका लागि प्रर्दशनपछि चलचित्रबारे समिक्षा कार्यक्रम राखिएको निर्देशक ईम्बुङ बताउँछन् । हरेक चलचित्रका राम्रा र नराम्रा पक्ष केलाउने परम्पराको बिकास भए चलचित्र क्षेत्रको बिकासमा टेवा पुग्ने उनको विश्वास रहेको छ ।

विराटनगरमा ‘घरजम’ प्रर्दशनका लागि ‘चलचित्र घरजम प्रर्दशन समिति’ गठन गरिएको छ । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात याक्खा छुम्मा, विराट राजवंशी समाज लगायतका सामाजिक संघ संस्थाहरुले प्रर्दशनका लागि सहयोग गरेका छन् ।

रोमियो फिल्म प्रालिको व्यानरमा बनेको चलचित्र ‘घरजम’मा किशोरकुमार पन्धाक र सीताकुमारी तुम्बापो प्रस्तुतकर्ता हुन भने तेज मेन्याङबो सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बुद्धी तामाङ, सृजना सुब्बा, यासेली योङहाङ, रवी शेर्मा, कुशल थलङ, शुष्मा सुब्बा, हेमराज अन्छङ्बो लगायत कलाकारलाई नेपाली मौलिक पात्रको रुपमा देख्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्