विराटनगरमा बाग्मती प्लास्टोटेकका मजदुर आन्दोलित

विराटनगरमा बाग्मती प्लास्टोटेकका मजदुर आन्दोलित

विराटनगरस्थित बाग्मती प्लास्टोटेक ईण्डस्ट्रीज प्रालिका मजदुरहरु नियमअनुसारको सेवासुविधाको मागगर्दै आन्दोलनमा उत्रिएका छन ।
१३ बुँदे मागसहित आन्दोलनमा उत्रिएका उनीहरु उद्योगको मुल गेटमा पाल टाँगेर धर्ना दिइरहेका छन । उद्योगले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु रानीस्थित उद्योगको उत्पादन ठप्पगरि आन्दोलनमा उत्रिएका हुन ।
उद्योगले विना सुचना ८ मजदुरलाई बिना कारण निष्काशन गरेपछि गएको जेठ १२ गते आन्दोलनमा उत्रिएका उनीहरुसंग उद्योगले सरोकारवालाको रोहबरमा १३ बुँदे सम्झौता गरेको थियो । निष्कासित मजदुरलाई पुनः नियुक्ति दिने तथा थप बुँदाहरु कार्यान्वयन गर्दै जाने भनिएपनि त्यसो नगरिएका कारण उद्योग ठप्पगरि आन्दोलनमा उत्रिनुपरेको मजदुरहरुको भनाई छ । विगतको सम्झौता अनुसार निष्काशित मजदुरलाई पुन काममा फर्काइएपनि अन्य बुँदाहरु कार्यान्वयगर्न उद्योगले चासो नदिएको उनीहरुको आरोप छ । सम्झौता कार्यान्वयनगर्न श्रम कार्यालयले ६ पटक सम्म तागेता र पत्र काट्दा समेत उद्योगले अटेर गरेपछि बाध्य भएर मजदुरहरु आन्दोलनमा उत्रिनुपरेको समाजबादी ट्रेड युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले बताउनुभयो । सो उद्योगमा १४ पुरुष र ६ जना महिला समेत २० जना मजदुर कार्यरत छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्