ताप्लेजुङ । पाँचौं उद्योग दिवसका अवसरमा ताप्लेजुङका तीन उद्यमीलाई सम्मान गरिएको छ । स्थानीय स्तरमा घरेलु तथा साना उद्योग खोली उद्योग प्रर्वद्धन र रोजगारी सृजना गरी योगदान पुर्याएबापत उनीहरूलाई सोमवार नगदसहित सम्मान गरिएको हो ।
फुङलिङ नगरपालिकास्थित आरपी आर्टस् तथा फ्रेमिङ सेन्टरका राजेन्द्र भारती, सोनी ढाका उद्योग, मैवाखोला गाउँपालिका–१ की बचनकुमारी लिम्बू र प्रमिस सिलाइकटाइ उद्योग, आठराई त्रिवेणी गाउँपालिका–३ की कल्पना कार्कीलाई जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले ३ हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।
जिल्लामा हालसम्म लघु, घरेलु तथा साना गरी १ हजार ८२ ओटा उद्योग दर्ता भएका छन् । चालु आवको हालसम्म ६९ ओटा द्योग दर्ता भएको कार्यालयकी सूचना अधिकारी निरजा भट्टराईले जानकारी दिइन् ।