धान काट्न जाने क्रममा तमोर नदिले बगाएर एक जना बेपत्ता

धान काट्न जाने क्रममा तमोर नदिले बगाएर एक जना बेपत्ता

ताप्लेजुङ, मंसिर १० गते ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ बस्ने ६० बर्षीया संगिता सुनुवार तमोर नदीले बगाएर बेपत्ता भएकी छन् । सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा धान काट्न गएकी सुनुवार नदीमा गई पानी भर्ने क्रममा अचानक नदीले बगाउँदा बेपत्ता भएकी हुन् । नदीले बगाएर बेपत्ता भएकी सुनुवारको प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्