यस महिनाको ‘लास्ट थर्सडे’मा विराटनगरका उद्योगी महेश जाजुको संघर्ष जान्न पाईने

यस महिनाको ‘लास्ट थर्सडे’मा विराटनगरका उद्योगी महेश जाजुको संघर्ष जान्न पाईने

विराटनगर । विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा यो महिना अतिथिको रुपमा एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष श्री महेश कुमार जाजु आउने भएका छन् । मंसिर १२ गते बिहिवार ३ बजे बिराटनगरको होटेल नमस्कारमा उनी सहितको कार्यक्रम हुने भएको हो ।
‘लास्ट थर्सडे’ कार्यक्रम अंग्रेजी क्यालेन्डरको अन्तिम बिहिबार संचालन हुँदै आएको कार्यक्रम हो । ‘लास्ट थर्सडे’ एउटा उद्यमीसँग सम्बनिधत कार्यक्रम हो । जहाँ प्रदेश १ मा रहेका सफल उद्यमीहरुसंग युवा तथा त्यसको क्षेत्रमा जानकारी राख्न चाहने ब्यक्तिहरुको प्रत्यष छलफल तथा अंन्तरक्रिया हुँदै आएको छ ।
उद्यमीहरुको सफलताको कथा मध्यम बर्गीय आम नागरिकलाई जानकारी गराई मेहेनत गरे देशमा नै धेरै गर्न सकिन्छ भन्ने संदेश प्रवाह गर्ने उदेश्यले यो कार्यक्रम आयोजना हुँदै आएको कार्यक्रम संयोजक बसन्त अधिकारीले बताए ।

बिकल्प एन अल्टरनेटिभ, मकालु टेलिभिजन, बिराटनगर इन्टरनेसनल कलेज, एनवाईईएफ बिराटनगर र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम बिगत ५ बर्ष देखि संचालन हुँदै आएकोछ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट र नेपाल टाइम्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्