झापाका पप्पु नायकको चर्चा चुलिदै, आलम समात्न सफल भएसंगै नाम रह्यो ‘सिंघम’

<span class='c1'>झापाका पप्पु नायकको चर्चा चुलिदै, आलम</span> <span class='c2'>समात्न सफल भएसंगै नाम रह्यो ‘सिंघम’</span>

बिबेक दाहाल 

विराटनगर मङ्सिर १०। झापाका प्रहरी निरिक्षक पप्पु नायकको चर्चा पछिल्लो समय चुलिँदो छ । २०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जनाको हत्या गरेको आरोप लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्व श्रम मन्त्री मोहम्मद अफताब आलमलाई पप्पुले पक्राउ गरे । आलम पक्राउ परेसँगै महत्वपूर्ण भूमिका खेलेका पप्पुको परिचय नै बदलियो र भन्न थालियो ‘सिंघम’ प्रहरी ।

डीएसपी नवीन कार्की साथै प्रहरी निरिक्षक पप्पु नायकको टोलीले आलमलाई नियन्त्रणमा लिएको थियो । हाई प्रोफाइलका व्यक्ति त्यसमाथि १२ बर्ष पुरानो मुद्दामा पक्राय गर्न सफल भएका पप्पु अनुसन्धान अधिकृत बनेर काम गरेका थिए ।

पप्पुको सेवा प्रवेश

सानैबाट निडर स्वाभाव रहेका पप्पु प्रहरी सेवामा २०७१ साल जेष्ठ ८ गते सहायक प्रहरी निरीक्षक (असई) मा भर्ना भएका थिए । असईको रुपमा उनले सुरुमा चितवन त्यसपछि संखुवासभामा काम गरे । बि.स. २०७४ जेष्ठ ७ गते पप्पु प्रहरी निरीक्षकमा नियुक्त भए । २०७५ साल फाल्गुन २८ गते रौतहटमा सरुवा भएर पुगेका हुन् । रौतहट गएलगत्तै तस्करी नियन्त्रणसँगै अपराधमा संलग्न रहेर फरार ब्यक्ति पक्राउ गर्न सफल भएका थिए । त्यसले उनी पप्पुलाई आम नागरिकले साथ दिएका थिए ।

रौतहटमा शान्तिसुरक्षा कायम गर्न ठुलो भूमिका खेलेर ‘सिंघम’ नामले चर्चा कमाए । तत्काल पप्पुसँगै रौतहटमा प्रहरी निरीक्षक र हाल प्रहरी हेडक्वाटरमा कार्यरत उनका साथी अनमोल खड्काका अनुसार पनि पप्पु निकै निडर स्वाभावका ब्यक्ति हुने । सानो भन्दा सानो घटनाको गहिरो अध्ययन गर्न सक्ने उनको राम्रो कला भएको खड्का सुनाउँछन् ।

तत्कालिन तोपगाछी गाउपलिका २ (हालको कमल गाउँपालिका १) मा बि.स. २०४९ साल बैशाख ९ गते जन्मिएका पप्पुले झापामा नै स्कुल लेवल अध्यायन गरेका थिए भने +२ बिराटनगरको स्टार कलेजमा पढेका थिए । बिराटनगरमा १२ कक्षा सकाएर उनले दमक मोडल कलेजबाट स्नातक अध्ययन गरेका थिए । हाल उनि डिग्री अध्ययन गरिरहेका छन् । उनि आलम केशको अनुसन्धान अधिकृतमा वि.स २०७६ जेठ ८ गते नियुक्त भएका थिए ।

आलमलाई पक्राउ गर्दा आएका धम्कीको बारे उनलाई जिज्ञासा राख्दा उनि भन्छन “ कसले के भन्यो भनेर डराएर बस्ने मेरो बानी छैन , जे सहि हो त्यो सधै गरि नै रहन्छु“ ।

यसरी बन्यो आलम समात्ने योजना

बि.सं २०६४ साल असोज २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका ८ जना हराए । कसैले उनीहरुको न लास भेट्यो न स्वास नै । तर उनीहरुका केहि आफन्त र छिमेकीले घटनाको बारे प्रहरीलाई जानकारी गराएर अदालतमा आलम बिरुद्ध मुद्दा हाले ।

राजनीतिक संरक्षणका आडमा ‘मुद्दा नचल्ने’ भनी महान्यायाधिवक्ता कार्यालयले गरेको त्यति बेलाको निर्णय उल्ट्याउनु र अनुसन्धान गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशको साढे सात वर्षपछि उनलाई प्रहरीले समात्यो ।

घटना सार्वजनिक हुने डरले आलमले सहयोगीसँग मिलेर बम विस्फोटका घाइतेलाई नजिकैको इँटाभट्टाको आगोमा हालेर जलाएको स्थानीय प्रत्यक्षदर्शीले दिएको बयानमा आधार पनि आलम पक्राउको दरिलो आधार थियो । सर्वोच्चको आदेश फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ गर्न पटक–पटक आदेश दिँदै आएको थियो । पद र सत्ताको आडमा उनलाई कसैले पक्राउ गर्न सकेन । प्रहरी प्रधान कार्यालयबाट समेत छानबिनका लागि पत्र आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पुनः छानविन शुरु गरेको हो ।

७–८ महिना लगाएर उक्त घटनाको बारे अनुसन्धान गरेर प्रहरीले केही प्रमाण आलमको बिरुद्ध निकालेको प्रहरी निरीक्षक पप्पुले आवर बिराटनगरलाई बताए । १२ बर्ष अगाडिको घटना त्यसमाथि राजनीतिक दवाबका कारण काम गर्न धेरै गाह्रो भयो, पप्पु भन्छन् ।

उनलाई घरबाट पक्राउ गर्न नसकिने भएपछी भारतीय नम्बरको बीआर ०६ पिई १२०२ नम्बरको गाडीमा उनी वैवाहिक कार्यक्रममा जाँदै गर्दा गौर–चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकै प्रहरीले समातेको थियो ।
आलमलाई समातेपछि उनले प्रहरीलाई निकै धम्कीपूर्ण भाषाको प्रयोग गरी गालीगलौज समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्