भोजपुरका एक नेपालीको कोरियामा ज्यान गयो

भोजपुरका एक नेपालीको कोरियामा ज्यान गयो

भोेजपुर । भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा ज्यान गएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको उहाँका काका धनकुमार राईले जानकारी दिनुभयो ।

परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो । पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्