विराटनगरको धन–गंगा स्मृति प्रतिष्ठानद्वारा रामसीता विद्यार्थी पुरस्कृत

<span class='c1'>विराटनगरको धन–गंगा स्मृति प्रतिष्ठानद्वारा</span> <span class='c2'>रामसीता विद्यार्थी पुरस्कृत</span>

विराटनगर । विराटनगरस्थित धन–गंगा स्मृति प्रतिष्ठानले सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा अवस्थित रामसीता माविका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
विद्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानले गत वर्षको एसईईमा उत्कृष्ट हुने चारजना विद्यार्थीलाई पुरस्कृत गरेको हो । कार्यक्रममा सविना कामत, नितु कामत, प्रद्युम्न राय र सुमन रायलाई जनही ५–५ हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिएको थियो । बर्जु–२ का वडाध्यक्ष आनन्द यादव, विद्यालयका प्रधानाध्यापक गोपालबहादुर अधिकारीलगायतले पुरस्कार र प्रशंसापत्र प्रदान गरे । रामसीताबाट एसईई उत्तीर्ण गरी सोही विद्यालयमा प्लस टु अध्ययन गर्ने उत्कृष्ट र जेहेन्दार छात्रछात्रालाई हरेक वर्ष पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले जानकारी दिए ।
नारायणप्रसादसहित, कृष्णप्रसाद, राजेन्द्रप्रसाद, राधेश्यामप्रसाद र श्रीरामप्रसाद श्रेष्ठले आप्mना मातापिताको स्मृतिमा प्रतिष्ठानमार्फत पुरस्कार प्रदान गरेका हुन् । चाँडै नै अध्यक्षकोष स्थापना गरेर पुरस्कारको राशिसमेत वृद्धि गरिने अध्यक्ष श्रेष्ठले बताए । समाजसेवी धनप्रसाद श्रेष्ठले केशलिया खोलाको पुल, सीतागञ्ज स्वास्थ्य चौकीलगायत स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै सो क्षेत्रमा थुप्रै समाजसेवाका काम गरेका थिए । उनको योगदानलाई चीरस्थायी बनाउन छोराहरूले प्रतिष्ठान स्थापना गरेर विद्यार्थी पुरस्कार प्रदान गरेका हुन् । प्रतिष्ठानमार्फत पुरस्कारसहित स्वास्थ्य शिविरलगायत सिर्जनात्मक काम गरिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्