विराटनगर । देश विकासका लागि स्काउट नारा सहित स्टार बोर्डिङ स्कुलले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्ने भएको छ । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्काउटले स्काउट फ्रेण्डशिप क्याम्पको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
मंसिर १३ गते देखि स्टार बोर्डिङ स्कुलमा हुने स्काउट फ्रेण्डशिप क्याम्प ३ दिन सम्म हुने छ । स्काउट फ्रेण्डशिप क्याम्पमा ३५ वटा निजि र सामुदायिक स्कुलबाट ७ सय भन्दा बढी सहभागि रहने छन् । स्काउट , स्काउटर, आगन्तुक सहित हजार भन्दा बढीको उपस्थिती रहने छ । ३ दिनसम्म चल्ने कार्यक्रममा स्काउटिङका साहसिक क्रियाकलापका साथै बौद्धिक, सामाजिक, शारिरीक आध्यात्मिक, संवेगात्मक विकासको क्रियाकलाप क्याम्पमा हुनेछ ।
शुक्रवार प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यक्रमको दोस्रो दिन क्याम्प फायर कार्यक्रममा प्रमुख अतिथिको रुपमा भुमिका निभाउनेछन् । कार्यक्रमको अन्तिम दिन समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीको रहने छन् ।
स्काउट फ्रेन्डशिप क्याम्प आयोजना गर्न ५ लाख भन्दा बढी खर्च हुने जानकारी स्काउट फ्रेण्डशिप क्याम्पका संयोजक उद्धव पोखरेलले बताए ।