भाउजुद्धारा दिल्लीको कोठीमा बेचिएकी एक बालिकाको उद्दार, २ जना पक्राउ

भाउजुद्धारा दिल्लीको कोठीमा बेचिएकी एक बालिकाको उद्दार, २ जना पक्राउ

काठमाडौं । मासिक २० हजार रुपैयाँको जागिर लगाइदिने भन्दै भारत लगेर कोठीमा बेचिएकी एक बालिकाको ३ वर्षपछि उद्दार भएको छ । ३ वर्ष अगाडि एक १२ वर्षीया बालिकालाई उनकै आफन्तले भारतमा होण्डा कम्पनीमा जागिर लगाइदिने भन्दै भारत पु¥याएका थिए । भारत पुर्‍याएपछि ती बालिकालाई डर धम्की दिई नयाँ दिल्लीको रानीबागमा रहेको कोठीमा बेचिएको थियो ।

यसबारे मंसिर ८ गते पीडित बालिकाका बाबुले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको फेसबुक पेजमार्फत उजुरी गरेका थिए । फेसबुकमै आएको उजुरीको आधारमा ब्यूरोले पीडित बालिकालाई गत सोमबार उद्दार गरेको ब्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

बालिकाको उद्दार गरिएपछि बेचबिचन कार्यमा संलग्न बालिकाकी भाउजू नाता पर्ने एक महिला र धनुषा घर भई दिल्लीमा वेश्यालय सञ्चालन गर्ने जोस्ना भन्ने जुना कुमारी खड्का छन् । उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को कसुरमा म्याद थप गरेर अनुसन्धन सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्