विराटनगर । विराटनगर महानगरपालिका बरगाछीमा बुधवार पूर्ण सुविधा सम्पन्न महेन्द्रा ट्रयाक्टरको शोरुम संचालनमा आएको छ । अग्नि ग्रुपले स्थापना गरेको महेन्द्रको सो रुम संचालनमा आएको हो ।
महेन्द्र एम.एम.भारतका केन्द्रीय हेड चैतन्य कगलकार र मार्केटिङ डिपाटमेन्ट आकांक्षा वैशलक विशिष्ट अतिथिको उपस्थितिमा उद्घाटन भएको छ । अग्नि ग्रुपका ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रवेशमान शाक्य रहेका छन् ।
उद्घाटन कार्यक्रममा महेन्द्र ट्रयाक्टर किनेर सहयोग गर्दै आइरहेको भन्दै सन्तोष बस्नेत र महेन्द्र अग्रवाललाई सम्मान गरेको छ ।
विराटनगर र आसपासका ग्राहकलाई अधिकतम सेवासुविधा प्रदान गर्ने हेतुले शोरुमको स्थापना गरिएको शाखा प्रबन्धक विजय किशोरले बताए । यस शोरुममा रहेका ट्रयाक्टरको गियर तिनओटा रहेको छ । ग्राहकलाई सेवाको लागि होम सर्भिसको व्यवस्था रहेको छ । साथै आपतकालिन अवस्थामा सर्भिस भ्यानको समेत व्यवस्था रहेको जनाईएकोछ ।