विराटनगरमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानीको बिषयमा छलफल

<span class='c1'>विराटनगरमा कृषि व्यवसायको प्रर्वद्धन र</span> <span class='c2'>सम्भावित लगानीको बिषयमा छलफल</span>

विराटनगर । विराटनगरमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विराटनगरमा सरोकारवालासँग छलफल भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश रहेकोले त्यसमा लगानीकोृ खाँचो रहेको औल्याए । कृषकको उत्थान गर्नको लागि कस्ता खालका नीति बनाउने भन्ने बारेमा सरकार स्पष्ट हुन नसकेको औल्याए । कृषि व्यवसायको प्रवद्र्धन र कृषिजन्य वस्तु निर्यात गर्न सकिने खालका नीतिको खाँचो रहेको उनले बताए । चिया, अदुवा, सुपाडी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले लगानीका सम्भावित क्षेत्रका विषयमा अध्ययन गरिरहेकोले त्यसको आधारमा लागनीको वातावरण बनाउनु पर्ने उनको भनाई छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कृषि उपजमा भ्याल्यु एड गर्नुपर्ने तथा सबैले स्वदेशी उत्पादनको खपत गर्नु पर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहराले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएकोले किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनु पर्ने बताए । प्रदेश नं. १ मा कृषिको प्रशस्त संभावना रहेको तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचे अनुसार निर्यात हुन नसकिरहेको अवस्थामा यसको प्रवद्र्धनका लागि सरकारले यसमा आवश्यक सुधार गरी कृषिलाई औद्योगीकरण गर्नु पर्ने उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरुले माछामा पोखरी बनाउन मात्र नभएर पहिलो तीन वर्षसम्म कृषिकलाई प्राविधिक तालिम तथा आर्थिक सहयोग दिइनु पर्ने, रुग्ण अवस्थामा रहेको कृषि व्यवसायको विकासको लागी खाली रहेका पहाडी भुभागहरुमा चिया, अलैंची, अदुवा खेतीको बृद्धि गरिनुपर्ने, बजारमा विक्रि नभएका किसानका कृषि उपजहरु सरकारले समर्थन मूल्यमा लिने व्यवस्था हुनुपर्ने बताए । त्यस्तै स्वदेशी बीउविजनको संरक्षण र बीउ उत्पादनमा जोड दिनुपर्ने जस्ता सुझाव दिएका थिए ।
प्रदेश नं. १, कृषिमा लगानीका संभावित क्षेत्र भएकोले यसमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले सम्भावित निकायमा पहलको लागी अगाडी बढ्न सुझाव दिएका थिए ।
विभिन्न जिल्लाका ६० जना कृषि व्यवसायहरु, जिल्ला÷नगर उद्योग वाणिज्य संघ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्