बिराटनगरको रोट्रायक सेन्ट्रल र सिर्जना फ़ाइन्यान्सको परोपकारी कार्य

बिराटनगरको रोट्रायक सेन्ट्रल र सिर्जना फ़ाइन्यान्सको परोपकारी कार्य

बिराटनगर,मङ्सिर १२ 

रोट्रायक क्लब अफ बिराटनगर सेन्ट्रलले एक कार्यक्रम बीच ३ जनालाई विल चयर हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमबीच क्लबले एक बालक सहित ३ जनालाई विल चयर हस्तान्तरण गरेको क्लबकि प्रेसिडेन्ट श्रुति शर्माले जानकारी दिईन ।

यस्तै बिराटनगरको रत्ना होटेलमा आयोजित कार्यक्रममा बिराटनगर केन्द्रीय कार्यालय रहेको सिर्जना फ़ाइन्यान्सले क्लबलाइ ४ लाख ९१ हजार रुपैया सहयोग गरेको छ । कार्यक्रममा सिर्जना फ़ाइन्यान्सका निर्देशक सुयाश प्याकुरेलले उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

शिक्षाका क्षेत्रमा काम गर्ने उदेश्यले उक्त सहयोग रकम हस्तान्तरण गरिएको प्याकुरेलले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्