बिराटनगरको एशियाटिक होटेल र दाम्राभीट्टा स्कुलबीच साझेदारी, बिद्यार्थीलाई तालिम सम्पन्न

बिराटनगरको एशियाटिक होटेल र दाम्राभीट्टा स्कुलबीच साझेदारी, बिद्यार्थीलाई तालिम सम्पन्न

बिराटनगर मङ्सिर १२,

मोरङको रतुवामाई -८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कुल र बिराटनगरको एशियाटिक होटेलबीच सहयोग साझेदारी हुने भएको छ । स्कुलमा कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पढिरहेका बिद्यार्थीलाई होटेल म्यानेजमेन्ट समन्धी तालिम साथै रोजगारीको अवसरको लागि उक्त साझेदारी गरिएको स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।

यसैबीच बुधबार बिराटनगरको एशियाटिक होटेलमा स्कुलका बिद्यार्थीहरुलाई होटेल म्यानेजमेन्टको तालिम समेत दिईएको थियो। होटेलका म्यानेजर संगीत पोखरेलले बिद्यार्थीहरुलाई होटेलमा हुने कार्यसम्पादन समन्धी जानकारी गराएका थिए ।

करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कुल विराटनगरका अनुभवी तथा युवा प्राध्यापक सहितको सहभागितामा यसै शैक्षिकसत्रबाट संचालनमा आएको हो ।

 

स्कुलको होटेलसंग साझेदारीपछि बिद्यार्थीलाई होटेल म्यानेजमेन्टको लागि व्यवहारिक ज्ञान प्रदान गर्न सजिलो हुने  प्रिन्सिपल खड्काको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्