सिमेन्ट लोड गरिएको ट्रकले ठक्कर दिँदा वृद्धको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु

सिमेन्ट लोड गरिएको ट्रकले ठक्कर दिँदा वृद्धको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु

विराटनगर, १२ मंसिर । मोरङको बेलबारी नगरपालिका–२ मा लोड गरिएको ट्रकले ठक्कर दिँदा एक वृद्धको बिहीबार बिहान मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । तेह्रथुमको बसन्तपुर घर भएका लिम्बूलाई पैदल हिँडिरहेका बेला ट्रकले ठक्कर दिएर घाइते बनाएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आज बिहान साढे ९ बजे मृत्यु भएको जानकारी डीएसपी खिँउजुले दिए ।  ट्रक र चालक बाराको निजगढ –९ का ३२ वर्षीय रमेश बड्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्