विराटनगर नाका हुँदै पुर्बका धेरै ठाउँमा लागु औषधको कारोवार, तालमेल नमिल्दा प्रहरीको फन्दामा

विराटनगर नाका हुँदै पुर्बका धेरै ठाउँमा लागु औषधको कारोवार, तालमेल नमिल्दा  प्रहरीको फन्दामा

विराटनगर। भारतबाट पूर्वका विभिन्न शहरमा बिक्रीका लागि लग्दै गरेको प्रतिबन्धित लागुऔषध सहित प्रहरीले बिराटनगरबाट एकजनालाई पक्राउ गरेको छ ।
भारतको जोगवनीबाट बिक्रीका लागि नेपाल तर्फ लागुऔषध लिएर आउँदै गर्दा बुधबार राति विराटनगर –१५ भट्टीमोडबाट प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुनसरीको धरान उपमहानगरपालिका–४ का २२ वर्षीय रवि साहलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिले शरीरमा लगाएका ज्याकेट, पाईन्ट लगायतका कपडाको गोजीहरुमा प्रतिबन्धित लागुऔषध राखेर साइकलमा ओसार पसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । साहको साथबाट ठूलो परिणामको लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।
उनका अनुसार गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा स्पास्मोप्रोक्सिभन दुई सय ८८ र नाइट्रोसन दुई सय ट्याब्लेट बरामद भएको छ । साह विरुद्ध बिहीबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको खिँउजुको भनाइ छ ।
भारतको जोगवनीबाट नेपालका विराटनगर, धरान, इटहरी लगायतका सहरमा बिक्रीका लागि लागुऔषध ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जोगवनीमा लागुऔषधको डिलरसम्म पुगेर साह आफैले लागुऔषध ल्याउने गरेको र दुव्र्यसनमा फसेका युवालाई खोजी गरेर बिक्री गर्ने गरेको डिएसपी खिउजुले जानकारी दिए । चाँडो पैसा कमाउने लोभमा परेर उनले केही समयदेखि नियमित कानुनद्धारा बर्जित काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्