टिप्पणी : सिमा विवादले उब्जाएका प्रश्न, नेपाली र भारतीय सर्वसाधारण दुबै समस्यामा !

टिप्पणी : सिमा विवादले उब्जाएका प्रश्न, नेपाली र भारतीय सर्वसाधारण दुबै समस्यामा !

अतहर जमील नदवी ।

दक्षिण एसियामा हिमालयको फेदमा एउटा सानो तर स्वतन्त्र र आत्मनिर्भर देश नेपाल हो । जसले चीन ,भारत तिब्बत र सिक्किमको सीमासँग जोडिएको छ । जसको राजधानी काठमाडौँ हो। यसको क्षेत्रफल १ लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर छ । नेपाल भारतको सम्बन्ध कयौँ शताब्दी पुरानो छ जसकारण नेपाल र भारतको सिमाना खुला छ। जसकारण दुबै देशका मानिसहरु सजिलैसँग एक अर्काहअ आवतजावत मात्र गर्दैनन् बरु हजारौं नेपाली छात्र छात्राहरु भारतको शैक्षिक संस्थामा आफ्नो ज्ञान लिईरहेका छन् । लाखौंको संख्यामा मानिसहरु जीवनयापनको व्यवस्थाको आधारमा पनि यस्तै नै छ । कामको सिलसिलामा होस् या रोजगारीको शिलशिलामा नै किन नहोस् उनीहरु भारतको धेरै सहरमा कार्यरत छन् । अनी भारतीय नागरिकहरु पनि रोजगारीको लागि सिमावर्ती क्षेत्रबाट नेपाल आउने गरेका छन् । धेरै पर जानै पर्दैन विराटनगरसँग सिमा जोडिएको जोगवनी र रानी नाकामा बसेर बिहान १ घण्टा हेरे पुग्छ कति भातीय नेपालका उद्योगमा कामका लागि आउँछन्ख भनेर ।
अहिले कालापानी र लिपुलेकको विषयमा शब्दिक संग्राम तीव्रगतिमा छ दुवै देशको मैत्री सम्बन्ध दूषित भईरहेको छ। भारतले हालै आफ्नो नयाँ नक्सा जारी गरेको छ जसमा भारतले दुई विवादास्पद भागहरु कालापानी र लिपुलेकलाई नेपालसँग कुनै कुराकानी बिना आफ्नो नक्सामा सामेल गरिसकेको छ यसकारण नेपालको जनता आक्रोशमा छन् ।
वर्तमान सरकार लगायत सम्पूर्ण राजनीतिक दलहरु मात्र हैन अभिनेता ,मिडिया, कलाकार र पत्रकारहरु यस शब्दिक संग्रामको हिस्सा बनेर भारतलाई आलोचन गर्दैछन् । युवा तथा बिद्यार्थी संगठनहरु देशभरि विरोध प्रदर्शन गरिरहेका छन्।
यस मुद्दामा संसारको सबैभन्दा बलियो नेपाली गोर्खाली सेनाहरु पनि बोल्न थालेका छन् । यो गोर्खाली शेना जसले ब्रिटिशलाई नेपालमा राज गर्ने सपनालाइ विपना हुन दिएन र उनीहरुलाई नेपाल छोडेर जान बाध्य बनायो । जसकारण उनीहरू फेरि कहिल्यै नेपालतर्फ नजर उठाएर हेरेनन् र इतिहाँसको पानामा यो लेख्यो कि नेपाल एउटा यस्तो मात्र देश हो जसमाथि कसैको बक्रदृष्टी परेको छैन ।
यस्तो अबस्थामा पनि भारत चुपचाप सिमा मिचेको छ वार्ता र सांवादको कुनै गदैन । तर भारत सरकारले चाडो वार्ता थाल्नु पर्छ । विवाद बल्झाउने काम भारतले नै गर्यो अनी सुल्भाउने काम पनि उसैले गर्नु पर्छ ।
केही दिन अघि भारतको उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथले एउटा भाषण भारणमा भनेका थिए, ‘हामी सबै नेपालीहरुलाई युपीबाट निस्कशन गर्नेछौं ।’ यस किसिमका भाषण जुनसुकै राजनीतिक दलहरु तर्फबाट होस् दुवै देशको लागि हानिकारक छ। प्छिल्लो समय सिमा विवादको बिषयमा नेपालमा हिमालय देखि पहाड, पहाड हुँदै तराई र मेचीदेखि महाकालीसम्म जहाँ पनि प्रदर्शन भइरहेको छ।
अल्लाहले दुबै देशको सम्बन्धलाई पहिलाजस्तै सन्तुष्टजनक र ठोस बनाओस्। किनभने सीमा खुल्ला भएको कारण दुवै देशका बासिन्दा एक अर्काबाट शैक्षिक, आर्थिक र सामाजिक हरेक अवस्थामा लाभ उठाउनबाट बञ्चिीत हुन नपरोस् । लेखक : अतहर जमील नदवी,भारतको हैदरावादमा बसेर पढ्दै आएका बिद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्