मोरङ ब्यापार संघ विराटनगरका श्रमिकले घेरे, सामाजिक सुरक्षा कोष लागु गर्न उद्योगीलाई दवाव

मोरङ ब्यापार संघ विराटनगरका श्रमिकले घेरे, सामाजिक सुरक्षा कोष लागु गर्न उद्योगीलाई दवाव

विराटनगर। सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राख्दै विराटनगरका श्रमिकले मोरङ ब्यापार संघ घेराउ गरेका छन् । संयुक्त टे«ड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाइमा विराटनगरमा श्रमिकहरूले वृहत ¥याली निकालेका छन् । सरकारले तोकेको समय सिमा भित्र योगदानमा आधरित सामाजिक सुरक्षा कोष लागू गरिनुपर्ने लगायतको माग राख्दै उनीहरूले ¥याली निकालेका थिए ।
विराटनगरको अतिथि सदनबाट निकालिएको ¥याली नगरको विभिन्न भाग परिक्रमा गरि उद्योग संगठन मोरङ र मोरङ व्यापार संघमा ज्ञापन पत्र बुझाईएको थियो ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालाई भेटेर संयुक्त टे«ड युनियनका पदाधिकारीहरूले ज्ञापन पत्र बुझाए । ¥याली पछि आयोजित कोण सभामा विभिन्न क्षेत्रका ब्यक्तिहरुले सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले उद्योगहरुमा कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राखे ।
संयुक्त टे«ड युनियन समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष किशोर धमलाले योगदानमा आधरित सामाजिक सुरक्षा कोष ल्याएको एक वर्ष बितिसक्दा पनि न्यून संख्यामा सुचिकृत गरिएकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।
‘सुचिकृतको समय पटक–पटक थप गर्र्दै जानु र रोजगारदाता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सुचिकृतमा ढिलाई भइरहेको छ,’ उनले भने, ‘सुचिकृतमा ढिलाइ भएकोले आन्दोलनमा उत्रिनु परेको हो ।’ सरकाले ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन प्रदेश १ का अध्यक्ष टिका प्रसाई, उपाध्यक्ष उपेन्द्र राय, नेपाल टे«ड युनियन काँग्रेस मोरङका अध्यक्ष सुशिल कोइराला लगायले श्रमिकको त्याग र संघर्षबाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सुचिकृत भइ प्रभावकारी रुपमा कार्यन्वयन गरिनुपर्ने बताए ।
हालसम्म कोषमा १ लाख १५ हजार ६ सय श्रमिक सूचीकृत भएका छन् भने १० हजार ४ सय ७७ उद्योग प्रतिष्ठान आबद्ध भएका छन् । हालसम्म कोषमा १७ करोड योगदान रकम संकलन भएको छ । जसमध्ये प्रदेश नं. १ बाट १५ हजार ७ सय ३५ श्रमिक सूचीकृत भएका छन् भने १ हजार ७ सय ६ वटा मात्र उद्योग प्रतिष्ठान सुचिकृत भएको छ । कोषमा हालसम्म २ वटा मृत्यु दाबी र ७ वटा मातृत्व स्याहार दाबी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्