बलात्कारको आरोप लागेका महाराज कृष्णदास आश्रम छोडेर फरार विराटनगर आएको खुलसा

बलात्कारको आरोप लागेका महाराज कृष्णदास आश्रम छोडेर फरार विराटनगर आएको खुलसा

विराटनगर । बलात्कारको गम्भिर आरोप लागेका सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरी आश्रम छोडेर फरार भएका छन ।
आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागे पछि शुत्रबार विहानै देखि आश्रम छोडेर उपचार गर्ने विराटनगर जाने भन्दै हिडेको स्थानीयले बताएका छन ।
बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन । प्रहरीलाई सामाजिक सञ्जालमा ब्यापक दवाव आए पछि उनलाई उपचारको लागि भन्दै विराटनगर तर्फ आएको महाराजका सहयोगीहरुले बताएका छन । स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी गएका थिए ।
सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो । मंगलबार नै सिआइबीले सुनसरीमा जाहेरी पठाए पनि सुनसरी प्रहरीले अनुसन्धानमा सुरु गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्