विराटनगरको नर्सिङ होम अगाडी फार्मेसी सञ्चालकद्धारा एम्बुलेन्स चालक माथी कुटपिट

विराटनगरको नर्सिङ होम अगाडी फार्मेसी सञ्चालकद्धारा एम्बुलेन्स चालक माथी कुटपिट

विराटनगर , विराट नर्सिङ होम अगाडी एमुलेन्स चालक माथी फार्मेसी सञ्चालकले कुटपिट गरे गरी घाईते बनाएका छन् । एम्बुलेन्सका चालकलाई कुटपिट गर्ने फार्मेसी सञ्चालकलाई मोरङ प्रहरीले शुक्रबार बिहान पक्राउ गरिसकेको छ ।


विराटनगर –३ स्थित अस्पताल अगाडि रहेको हाम्रो गोलबजार फार्मेसी (औषधि पसल) का सञ्चालक सिरहाको धनगढी नगरपालिका–७ घर भएका २१ वर्षीय रविन्द्र महतोलाई पक्राउ गरिएको हो ।
बिरामी फार्मेसीमा पठाउन गरेको आग्रहलाई अस्वीकार गरेको भन्दै को १ च ६४५४ नम्बरको एम्बुलेन्सका चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का ५२ वर्षीय रामकुमार राईमाथि महतोले कुटपिट गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए ।
कुटपिटबाट घाइते चालकको दायाँ आँखा र ढाडमा चोट लागेको छ । उनको विराटनगर अस्पतालमै उपचार भइरहेको छ । उक्त फार्मेसी दुई साता अघि मात्रै सञ्चालनमा आएको हो ।
कुटपिटबाट घाइते भएका चालक राई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको सिरहाका अढाई वर्षीय बालक आशिष यादवलाई थप उपचारका लागि पूर्णबहादुर स्मृति प्रतिष्ठानको एम्बुलेन्समा लिएर विराटनगर आएका हुन् ।
निमोनियाले सिकिस्त भएका कारण उपचार ठीक नहुने भन्दै प्रतिष्ठानले रेफर गरिदिएपछि बालकलाई सुरुमा बूढीगंगाको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालमा लगिएको राईले बताए ।
बिरामीका आफन्तलाई आफ्नो फार्मेसीबाट औषधि किन्ने वातावरण बनाइदिन आफूलाई आग्रह गर्दै एम्बुलेन्स अगाडि नै बढ्न नदिने गरी छेकेपछि विवाद भएको उनको भनाइ छ ।
त्यही विवादका क्रममा फार्मेसी सञ्चालक महतोले कुटपिट गरेको राईले बताए । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका बालकको पनि केही बेरमै मृत्यु भयो ।
डीएसपी गौतमले एम्बुलेन्स चालक कुट्ने फार्मेसी सञ्चालकमाथि कारबाही अघि बढाउन अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्