बलात्कार आरोप लागेपछि कृष्णदास महाराजलाई प्रहरीद्धारा पक्राउको तयारी

बलात्कार आरोप लागेपछि कृष्णदास महाराजलाई प्रहरीद्धारा पक्राउको तयारी

सुनसरी । वलात्कार गरेको आरोप लागेका सिद्धबाबा कृष्णदास महाराज विरूद्ध प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । मा उजुरी परे पछि सुनसरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
आफ्नै अनुयानीलाई बलात्कार गरेको आरोप लागेपछि प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । नेताहरुको संरक्षणमा रहेका कृष्णदास महारज विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगी एक महिलाले उजुरी गरे पछि अनुन्धानका लागि सुनसरी प्रहरीलाई महानगरीय प्रहरीले उजुरी पठाएको थियो । त्यसैको आधारमा उनीमाथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकोछ ।
गत मंसिर ११ गते उजुरी दर्ता गरि अदालती प्रकृयाका लागि जिल्ला अदालत इनरुवा पठाइएपछि उनीमाथि अनुसन्धान शुरु भएको प्रहरी बताउँछ । सुनसरीका एसपी यज्ञविनोद पोखरेलले उजुरी आएकोले त्यसबारेमा अनुसन्धान शुरु भएको जानकारी दिए । उनका अनुसार कृष्णदास बारेमा अनुसन्धान भईरहेकोले आबश्यक पर्दा पक्राउ गर्ने तयारी रहेको छ ।
सुनसरीको चतरामा रहेको कृष्णदासको आश्रममा बस्दै आएकी एक महिलाले उनीमाथि कात्तिक ४ गते आश्रममा भेट्न बोलाएर कृष्णजदास महाराजले बलात्कार गरेको आरोप लगाएकी छन् ।
मंगलबार नै प्रहरीमा जाहेरी परे पछि राजनीतिक प्रभावमा परेर प्रहरीले उनलाई पक्राउ गर्न आनाकानी गरेको पीडित परिवारले आरोप लगाएको छ । उनलाई महासिद्ध योगको जन्मदातासमेत भनिदैं आएको थियो । उनी ठूला राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर चतराको नहरको जग्गामा बस्दैं आएका छन् । उनले करिव ५ सय क्षमताको दुई वटा ठूला भवनहरु सरकारसँग कुनै इजाजत नलिई बनाएको समेत आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्