झापाका दुईजना चोरीको सुमोसहित भारतीय प्रहरीद्धारा फारबिसजंगमा पक्राउ

झापाका दुईजना चोरीको सुमोसहित  भारतीय प्रहरीद्धारा फारबिसजंगमा पक्राउ

राजेश शर्मा
जोगवनी । भारतीय प्रहरीले शुक्रवारको फारबिसगंजबाट चोरीको सुमो सहित दुईजनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार बंगालबाट सूमो गोल्ड गाड़ी चोरी गरेर भाग्दै गरेको अबस्थामा गाडी सहित प्रहरीले पक्राउ गरेको हो ।
पुलिसलाई देखेपछि कलेजचोकको ओभरब्रिज नजिकै डब्लु बि ७३ सी ६२७१ नम्बरो सुमो गाडी छाडेर भाग्न लागेको ति ब्यक्तिलाई गाडी सहित नियन्त्रणमा लिईएको फारबिसगंज प्रहरीले जनाएको छ ।
पक्राउ परेका ब्यक्तिहरुमा झापाको चारआली घर भएका २५ बर्षिय उज्वल मगर र काँकडभिट्टा घर भएका कुमार क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई भारतको फारबिशजंज प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्