पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अध्यक्षको लागि मतदान जारी

<span class='c1'>पाँचथरको फाल्गुनन्द गाउँपालिकामा अध्यक्षको</span> <span class='c2'>लागि मतदान जारी</span>

पाँचथर । पाँचथरमा फाल्गुनन्द गाँउपालिका अध्यक्षसहित फिदिम नगरपालिका-१ र हिलिहाङ गाँउपालिका-७ को वडाध्यक्षका लागि मतदान सुरु भएको छ। तीनवटै स्थानमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको मृख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए।

फिदिम -१ को वडाध्यक्षका लागि भौतिक पुर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङले पनि मतदान गरेका छन्। फिदिम माविको खेल मैदानमा भएको मतदान केन्द्रबाट नेम्बाङले मतदान गरेका हुन्।

पाँचथरको तीन पदका लागि भएको निर्वाचनमा जम्मा १७ मतदान स्थलमा ३१ ओटा मतदान केन्द्रबाट मतदान सुरु भएको हो। फाल्गुनन्द गाँउपालिकाको अध्यक्षका लागि २३ वटा केन्द्रबाट मतदान भइरहेको छ। फिदिम १ को वडाध्यक्ष लागि एक स्थलमा रहेको चार वटा केन्द्रबाट मतदान भएको हो। त्यस्तै हिलिहाङ ७ मा तीन स्थलका चार वटा केन्द्रबाट मतदान सुरु भएको हो।

मुख्य निर्वाचन अधिकृत भट्टराईकाअनुसार फाल्गुनन्द गाँउपालिकामा जम्मा १६ हजार पाँच सय ७७ जना मतदाता रहेका छन्। त्यस्तै फिदिम नगरपालिका १ मा तीन हजार छ सय ७६ मतदाता छन् भने हिलिहाङ ७ मा दुई हजार छ सय मतदाता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्