विराटनगरको गुद्री बजारमा प्याजको खुद्रा मुल्य एक सय ४० रुपैया प्रतिकिलो

विराटनगरको गुद्री बजारमा प्याजको खुद्रा मुल्य एक सय ४० रुपैया प्रतिकिलो

विराटनगर । विराटनगरको गुद्री बजारमा भेटिएकी उपभोक्ता रिना श्रेष्ठले प्याजको भाउ अत्याधिक महँगो भएको बताईन् । ‘प्याज किनर खाईसक्नु छैन’ श्रेष्ठले भनिन्, तरकारी बजारमा प्याजसँगै यो सामान चै सस्तो छ भनेर चित बुझाउने ठाउँ छैन ।’ सबै थोकमा भारतीय भर पर्नुपर्ने बाध्यताका कारण नेपालीले समस्या झेल्नु बाध्यता सँगै कमजोरी रहेको बताउँछिन् ।
रिनाको जस्तै गुनासो तरकारी किन्नकालागि साथिसँग गुद्री बजारमा आएकी उर्मिला पराजुलीको पनि छ । उच्च शिक्षा अध्ययन गर्दै आएकी उर्मिलाले भनिन्, ‘विद्यार्थीहरुले त अब प्याज नखाएपनि हुन्छ ।’
सबै सर्वसाधारणको अवस्था उर्मिला र रिनाको जस्तै नै छ । विराटनगरको गुद्री बजारका आलु र प्याजका थोक बिक्रेता राजविर सिंहले भारतबाट प्याज आयात रोकिएपछि मुल्य आकाशिएको छ भने व्यपार पनि सुस्ताएको छ । पछिल्लो केही महिना यता बजारमा प्याजको मुल्य आकाशिएको छ । भारतीय बजारमा प्याजको मुल्य आकाशिँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । भारतले दशैंको बेलादेखि प्यालको मुल्यमा अत्याधिक बृद्धी गरेपनि असर बिराटनगरको बजारमा पनि उसैगरी परेको छ ।
विराटनगर स्थित गुद्री बजारमा शुक्रबार प्याजको मुल्य प्रतिकिलो एक सय ४० रहेको थियो । थोक मुल्य प्रतिकिलो एक सय २० रहेको छ । सर्वसाधारको भान्सामा दैनिक रुपमा प्रयोग हुने प्याजको मुल्य हाल समकै उच्च रहेको ब्यवसायी बताउँछन् । ब्यापारी मुल्य बढ्नुमा भारतीय बजारको प्रभाव रहेको बताउँछन् भने उपभोक्ता भने त्यसको असर भान्सामा परेको सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्