ओवी अपडेट : ३ तलाबाट हाम फालेर फरार ‘बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ

ओवी अपडेट : ३ तलाबाट हाम फालेर फरार ‘बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ

विराटनगर, । गत सोमबार विहान ४ बजे विराटनगर ३ मा रहेको बाल सुधार गृहमा बसेका फरार बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् ।
बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका ‘बाल बिज्या कर्ता’ (बन्दी) बालक चार दिनपछि पक्राउ परेका हुन् ।


अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ ४ दिन अगाडी बाल गृहबाट नै फरार भएका थिए ।
मोरङ प्रहरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई छुट्टा–छुट्टै स्थानबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
बाल सुधार गृहबाट ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरदह नगरपालिका –११ का १६ वर्षिय र जवरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचना नगरपालिका– ७ गोठगाउँका १७ वर्षिय बालक फरार भएका थिए ।
झापा गौरदहका बालकलाई शुक्रबार राती र मोरङका बालकलाई शनिबार विहान पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई उनीहरूको घर मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका बालकहरूलाई मोरङ प्रहरीमा ल्याएर सोधपुछ भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
ज्यान मार्ने उद्योगका बालकलाई झापा अदालतको २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका थिए । जकक मुद्दाका बालकलाई मोरङ अदालतले २०७६ असार ५ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू बाल सुधार गृहमा थिए ।
विराटनगरमा रहेको बाल सुधार गृहमा प्रदेश १ का १४ जिल्लाहरूका १ सय ४८ जना बाल बिज्या कर्ता रहेका छन् । ५० जनाको क्षमता रहेको बाल सुधार गृहमा क्षमता भन्दा तेब्बर बाल बिज्या कर्ता रहेका छन् । जवरजस्ती करणी मुद्दाका बाल बिज्या कर्ता बढी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्