विराटनगर । फेस अफ मारवडी किड्स २०१९ को उपाधि पाँच जना प्रतियोगिले जितेका छन् । उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन् । 
विराटनगरस्थित जैन भवनमा बिहीबार राती सम्पन्न प्रतियोगिता अन्र्तगत मिस्टर लिटल मारवाडीको विजेता नमन अग्रवाल भए । सोही स्पर्धाका फस्ट रनरअप हर्षबर्धन शर्मा, र सेकेण्ड रनरअप गौतम अग्रवाल घोषित भए ।

त्यस्तै मिस लिटल फेस अफ मारवाडीको विजेता रिधी अग्रवाल, फस्ट रनअप चारबी जैन, सेकेण्ड रनरअप निधी गोल्छाभइन् । त्यस्तै मिस मिनी फेस अफ मारवाडीको बिजेता आरशीया पोद्धार, फस्ट रनरअप इशु अग्रवाल, र सेकेण्ड रनरअप आध्या शर्मा भइन् ।

त्यस्तै मिस्टर मिनी फेस अफ मारवाडीको बिजेता आरभ अग्रवाल, फस्ट रनरअप पारथ अग्रवाल र सेकेण्ड रनरअप सौर्य लखोटिया भए । त्यस्तै प्रिन्सेस फेस अफ मारवाडीको बिजेता निसिता अग्रवाल, फस्ट रनरअप आरनिया अग्रवाल र सकेण्ड रनरअप राधिका भरद्वाज घोषित भइन् ।

मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाण्डौको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनलमा ४५ जनाले प्रतिस्पर्धा गरेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए ।