विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा ८१ प्रतिशत मत खसेको छ । वडाअध्यक्षका लागि शनिबार भएको उप चुनावमा साँझ ५ बजेसम्म करीव ८१ प्रतिशत मत खसेको हो । विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान प्रक्रिया शान्तीपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दुइवटा मतदान स्थल रहेको धनपालथान गाउँपािलका वडा नम्बर २ को अध्यक्षको निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र कायम भएको थियो । ४ हजार ७४ मतदाता रहेकोमा ८१ प्रतिशतले मतदान गरेका हुन् ।
मतदान सकिंदा ८० दशमलव ८५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यकिन विवरण भने मतपेटिका प्राप्त भएसँगै थाहा हुने जनाइएको छ । मतपेटिका प्राप्त भए लगत्तै आजै रातीसम्ममा मतगणना सम्पन्न गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए ।