धरान उपनिर्वाचन : उम्मेदवार छनोटमा कांग्रेस सर्वसम्मत, नेकपामा सकस

धरान उपनिर्वाचन : उम्मेदवार छनोटमा कांग्रेस सर्वसम्मत, नेकपामा सकस

धरान : मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ। सत्तारुढ दल नेकपामा मेयरको उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनोटमा सकस भएको छ।

कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्वसम्मत चयन गरेको हो। कांग्रेसले उम्मेद्वार छनोट गरेर चुनावी अभियानमा होमिँदासमेत नेकपाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन्।  नेकपामा प्रधानमन्त्रीसमेत रहेका ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधरको विवादका कारण उम्मेदवार छनोटमा विवाद देखिएको छ।

धरानमा नेपाल पक्षको पकड बलियो देखिन्छ। नेपाल पक्षधरले नेकपा जिल्ला सदस्य प्रकास राईलाई मात्र सर्वसम्मत उम्मेदवार छनोट गरि एकल नाम सिफारिस गर्ने बताएपछि ओली र दाहाल पक्षरधरले विरोध जनाएका थिए । जसले गर्दा नेकपाले मेयरको उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन्।

नेकपाको ओली खेमाबाट विजय राई, दाहाल खेमाबाट अईन्द्रविक्रम बेघा, फोक्वाहाङ सुब्बा (चोत्लुङ), अशोक राईले मेयरको उम्मेदवारका लागि आफ्नो नाम अगाडि सारेका छन्। नेकपा भित्र कुनैपनि गुटमा नरहेका केन्द्रिय सदस्य किरण राई र प्रदेश सदस्य तथा धरानका पूर्व मेयर मनोज मेन्याङ्वोले सर्वसम्मत आफ्नो नाम सिफारिस भए धरानको नेतृत्व सम्हाल्न आफुहरु तयार रहेको बताएका छन्।

मेयरका आकांक्षी विजय राईले नेकपाकै केहि नेताहरुले उम्मेदवार छनोटमा निषेधको राजनीति सुरु गरेका कारण समस्या उत्पन्न भएको बताए।  उम्मेदवार छनोट गर्दा पार्टीमा गरेको योगदानका आधारमा धरानलाई सहि नेतृत्व दिन सक्ने व्यक्तिलाई मेयरको टिकट दिँदा उत्तम हुने उनको भनाई छ।

नेकपा प्रदेश सदस्य अईन्द्र विक्रम बेघाले पूर्व एमाले र माओवादीबीच एकीकरण भइसकेको भएपनि अझै नेकपाभित्र उम्मेदवार छनोटमा पूर्व एमालेका साथीहरुले विधि र प्रकृयाभन्दा पर गएर एकलौटी गर्न खोजेका कारण समस्या उत्पन्न भएको बताए।

नेकपामा प्रकास राईलाई टिकट दिलाउनका लागि केन्द्रिय सचिवालय सदस्य भीम आचार्य, सदस्य धर्म निरौला, प्रदेश १ का सभामुख प्रदिप भण्डारी खुलेर लागेका कारण समस्या उत्पन्न भएको नेकपा धरानका एक सदस्यले बताएका छन्। निरौलाले नेकपा ठुलो पार्टी भएको र आकांक्षीहरु समेत बढी भएकाले सर्वसम्मत उम्मेदवार छनोट गर्न बढी समय लागेको जानकारी दिए। नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले उम्मेदवार छनोटका लागि शुक्रबार नगरसमितिको बैठक बोलाइएको बताए।

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको ५२ वर्षको उमेरमा उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो। अन्नपुर्ण पोष्टमा खबर छापिाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्