घरबार सफल नभएका चर्चित नेपाली सेलिब्रेटीहरु

घरबार सफल नभएका चर्चित नेपाली सेलिब्रेटीहरु

काठमाडौँ ।  आ–आफ्नो प्रतिभाबाट नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाहरु सफल भएतापनि उनीहरुको दाम्पत्य जीवन भने खासै सफल भएको देखिएको छैन । “रोमान्स किङ” भनेर चिनिने अभिनेता भुवन केसीले दुई श्रीमती भित्र्याएका थिए । तर, उनको दाम्पत्य जीवन दुवै श्रीमतीसँग टिकेन । केही वर्षयता उनी नेपाली फिल्मकी “हट एण्ड बोल्ड” हिरोइन जिया केसीसँग लिभिङ टूगेदरमा छन् ।

एक समय नेपाली चलचित्रमा बलियो साम्राज्य बनाएकी अभिनेत्री रेखा थापाको निर्माता छवि ओझासँगको १० वर्षे वैवाहिक सम्बन्ध सफल बन्न सकेन । अभिनेत्री रेखासँग तेस्रो विवाह गरेका निर्माता तथा निर्देशक छविले डिभोर्सपछि अभिनेत्री शिल्पा पोखरेलसँग चौथो विवाह गरे । तर, चौथो वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन ।

पहिलो दाम्पत्य जीवन असफल भएका “एक्सन किङ” रुपमा चिनिने अभिनेता शिव श्रेष्ठ दोस्रो विवाह गरेर एक सन्तानको बाबु भइसकेका छन् । अभिनेत्री संचिता लुइँटेलले पनि पहिलो श्रीमान आकाश विक्रम शाहसँग छुट्टिएको केही वर्षमै अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरिन् । निखिलले पनि जेठी श्रीमती कोपिलासँग डिभोर्स नभई संचितलाई घर भित्राएका थिए ।

अभिनेत्री रञ्जना शर्मा पति निर्देशक श्याम भट्टराईलाई डिभोर्स दिएर अमेरिका हानिएकी हुन् । तर उनले दोस्रो विवाह भने गरेकी छैन तर निर्देशक भट्टराईले यसै वर्षको दशैंमा दोस्रो विवाह गरेका छन् । एक समयका चर्चित अभिनेत्रीहरु मौसमी मल्ल, गौरी मल्ल, सृजना बस्नेत, पूजा चन्द र सारङ्गा श्रेष्ठको पनि पहिलो दाम्पत्य जीवन सफल बनेको छैन । त्यस्तै, सौजन्य सुब्बा, पूजा लामा, झरना बज्रचार्य, कृति भट्टराईजस्ता अभिनेत्रीको पनि वैवाहिक जीवन सफल हुन सकेन । चर्चित गायकी अञ्जु पन्तले पनि गायक श्रीमान मनोज सेवालाई डिभोर्स दिइन् । गायक यम बरालको पनि वैवाहिक जीवन सफल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्