मोरङका युवा परे ठगीमा : विदेश जाने आशामा २३ लाख ठगिए

मोरङका युवा परे ठगीमा : विदेश जाने आशामा २३ लाख ठगिए

कानेपोखरी(मोरङ), कात्तिक १६ गते । मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिनु भएको छ । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं. ९ एकता बस्ती बस्ने असीम गुरुङलाई क्यानडा पठाउने सर्तमा २३ लाख रुपियाँ बुझाउनु भएको थियो ।
राजवंशी र कार्कीले पटक पटक ताकेता गर्दा पनि गुरुङले क्यानडा नपठाएपछि उहाँहरू यतिबेला कानूनी सहयोग खोजिरहनु भएको छ । राजवंशी र कार्की छिमेकी हुन् । भदौ १० गते सम्ममा क्यानडा पठाउने वचन दिएका गुरुङले प्रयोग गर्ने ३ वटै मोबाइलको फोन स्वीच–अफ भएपछि उहाँहरूको क्यानडा जाने जाने सपना तुहिएको हो ।
कार्की र राजवंशीले २३ लाख ठगिएको बताए पनि उहाँहरूसँग ५ लाख रुपियाँ बुझाएको कागजात मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्